यस्तो छ नेपालमा उपलब्ध रोयल इन्फिल्डका मोटरसाइकल (मूल्यसूची सहित)

symbolic Picture

काठमाडौं । क्रुजर मोटरसाइकलका पारखीहरुका पहिलो रोजाइमा पर्ने मोटरसाइकल कम्पनी हो रोयल इन्फिल्ड । रोयल इन्फिल्डका मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एमभी दुगर ग्रुप रहेको छ ।

कम्पनीले केही सयम अगाडि नेपाली बजारमा मेटोर ३५० सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीले अन्य कुनै मोटरसाइकल भने नेपाली बजारमा सार्वजनिक गरेको छैन् ।

कम्पनीले हाल नेपाली बजारमा रोयल इन्फिल्डका दुई मोडलका ५ भेरियन्टका मोटरसाइकल विक्री गरिरहेको छ ।

दुगर ग्रुपले हाल क्लासिक ३५० र मेटोर ३५० मात्र नेपालमा विक्री गरिरहेको हो । कम्पनीले क्लासिक ३५० को दुई भेरियन्ट तथा मेटोर ३५० को तीन भेरियन्ट विक्री गर्दै आएको छ ।

कम्पनीका अनुसार नयाँ मोटरसाइकल नेपाल ल्याउने योजना भए पनि हालको परिस्थितिका कारण सम्भव नभएको हो । भारतीय बजारमा क्लासिक ३५० को नयाँ जेनेरेशन र हिमालयनको नयाँ भर्सन केही सयम अगाडि सार्वजनिक भएको थियो । त्यस्तै, कम्पनीले बीएस ६ भर्सनका मोटरसाइकल नेपाल भित्र्याउन अझै समय लाग्नेसमेत जनाएको छ ।

रोयल इन्फिल्ड क्लासीक ३५० नन् एबीएस भर्सनको मूल्य ५लाख ४८ हजार रुपैयाँ रहेको छ । यो कम्पनीले नेपाली बजारमा विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल हो । त्यस्तै, क्लासिक ३५० कै एबीएस सिंग्नल भेरियन्टको मूल्य ६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, अर्को मोडल मेटोर ३५० फायरबेल भेरियन्टको मूल्य ६ लाख ६८ हजार, स्टेलर भेरियन्टको मूल्य ६ लाख ८५ हजार र सुपरनोभा भेरियन्टको मूल्य ७ लाख १४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यसअघि विक्री गर्दै आएको हिमालयन र इन्टरसेप्टर ६५० हाल नेपाली बजारमा उपलब्ध नभएको जनाएको छ ।

 


Back_to_top