ट्रायल पास भएर बसेका सबैको स्मार्टकार्ड २ महिना भित्र आउने

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले २ महिना हाल सम्म आवेदन दिएर बसेका तथा ट्रायल  पास भएका ३ लाखलाइ लाइसेन्स वितरण गरिसक्ने दावी गरेका छन्।  यससँगै अब २ महिनामै नेपालमा स्मार्ट लाइसेन्सको संख्या ७ लाख पुग्नेछ।

यातायात व्यवस्था विभागले ४ लाख स्मार्टकार्ड (लाइसेन्स) वितरण गरिसकेको छ। करिव ३ लाखको संख्या ट्रायल पास गरेर लाइसेन्सको पर्खाइमा छ।

स्मार्ट लाइसेन्स छपाईको समस्या हुँदा हुदै ‘कार्ड रिडर’पनि  नहुँदा वितरण भएका लाइसेन्सको चेकजाँच समेत हुने गरेको छैन। यातायात व्यवस्था विभागका अनुसार हाल नेपालमा १ सय वटा मात्र स्मार्ट ‘कार्ड रिडर’ छन्। यी कार्ड रिडर पनि केही यातायात कार्यालयमा छन् भने केही ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले कार्ड रिडरको लागि यो आर्थिक वर्षमै टेण्डर गर्ने बताएका छन्। तर बोलपत्र अह्वान गरेर कम्पनी छानेर सामान आउन भने पक्कै छिटो हुँदैन।

मन्त्री महासेठले दावी गरेझै २ महिनामै पेन्डिङ स्मार्ट लाईसेन्स आए पनि थप रिडर नहुन्जेलसम्म यही एक सय वटाले जाँच्नुपर्ने बाध्यता छ।


Back_to_top