यसरी एक हुन सक्छन् रेनो र निसान, यस्तो छ कम्पनीको प्लान

‘रेनो र निसान’ले मर्जर गर्ने वा अन्य कुनै माध्यमको पार्टनरसिप कार बनाउने भन्ने निर्णय लिन दुई वर्षको समय राखेका छन् । 

यस विषयमा चासो राख्ने जानकारहरु भन्छन् । यी दुर्व कम्पनीको चेयरम्यान कार्लोस घोस्न आफ्नो सन् २०२२ रेनोको सीईओको म्याद सकिने कुरले पनि माथिको कुरालाई टेवा दिन्छ । 

हाल रेनल्टमा सीईओको रुपमा चार वर्ष कार्यकाल सम्हाल्दै गरेका  घोस्नले कुनै वक्तव्यमा आफ्नो कार्यकाल समाप्त हुनुअगावै रेनो छोड्न सक्ने आशंका व्यक्त गरेका थिए ।

एउटा होल्डिङ्ग कम्पनी निर्माण गरेर ‘रेनो र निसान’ लाई त्यसकै छातामुनि सञ्चालन गर्ने हल्ला पनि बजारमा चलेको सुनिन्छ ।

ब्लूमवर्ग न्यूजकाअनुसार ‘रेनो र निसान’ एउटै सेयरबाट चल्ने गरी मर्जरको कुरा गर्दैछन्, जसले गर्दा स्रोतको उच्चतम् उपयोग गर्दै नयाँ युगको ईभी र अटोनमस ड्राइभिङ्गमा काम गर्न सजिलो होस् ।

‘यो एलाइन्स् व्यवसाय बृद्धिको वृहत् सम्भावनाहरुमा छलफल गर्दैछ’, ‘रेनो, निसान, मित्सुबिसी’ एलायन्सका प्रवक्ता नोनाथन एदासेक भन्छन् । उनी थप्छन्, ‘सेयर होल्डिङ्ग स्ट्रक्चरमा कुनै परिवर्तन छैन र यो हुने समय आइसकेको पनि छैन ।’

‘रेनो र निसान’ का अन्य अधिकारीहरु भने यसमा केही बोल्न चाहेनन् ।

मित्सुबिसी मोट्र्सका पनि चेयरमेन रहेका घोस्नले गत महिना रेनोले निसान र मित्सुबिसीलाई टेकओभर नगर्ने बताएका थिए । उनले अन्य धेरै तरिकाबाट एलायन्सको सम्भावना रहेको कुरासमेत अगाडि ल्याएका थिए । रेनोले निसानको ४३.४ प्रतिशत सेयर होल्ड गर्छ भने निसानले रेनल्टको १५ प्रतिशत । त्यस्तै निसानले मित्सुबिसीको ३४ प्रतिशत सेयर होल्ड गर्छ । 

एउटा सम्भावना लण्डन वा नेदरल्याण्डमा माउ कम्पनी खोल्ने र त्यही बाट दुबै कम्पनीलाई एक साथ चलाउने । यी सबै बिषयमा छलफल चलिरहेको जनाइएको छ । 


Back_to_top