अब ‘आईएमई पे’बाट निगमकाे हवाइ टिकट गरिद गर्न सकिने

काठमाडौं । नेपाल वायु सेवा निगम र आईएमई पे बिच सम्झौता भएको छ । अब नेपाल वायु सेवा निगमको टिकट आइएमइ पेबाट खरिदगर्न पाइने भएको छ । आइतबार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र ‘आइएमई पे’ बीच हवाई टिकट खरीद गर्न सक्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कङ्साकार र ‘आइएमई पे’का तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठले आइतवार हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ‘आइएमई पे’मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’मार्फत नेपाल वायुसेवा निगमद्वारा सञ्चालित विभिन्न गन्तव्यका लागी उड्ने जहाजको टिकट खरिद गर्न सकिने सम्झौतामा उल्लेख छ ।


Back_to_top