क्रसफायरको निशुल्क चेकअप क्याम्प ४ दिन संचालन हुने

काठमाडौं । क्रसफायरले फ्रि चेकअक क्याम्प संचालन गर्ने भएको छ । क्रसफायर तथा इटालीका मोटोको नेपालका लागि अधिकृत वितरक क्लासिक ह्वील एक्स्पोर्ट एण्ड इम्पोर्टले भोलिदेखी टेष्ट राइड तथा फ्रि चेकअप क्याम्प संचालन गर्ने भएको हो ।

यो क्याम्प १६ फेब्रुअरीबाट सुरु भएर १९ फेब्रुअरीसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

यो चेक अप क्याम्पमा मोटरसाइकलका १६ पोइन्टका निशुल्क चेकजाँच तथा ९ पोइन्टको निशुल्क लुब्रिकेसन गरिने छ । यो क्याम्पमा ग्राहकले इटालीका र क्रसफायर दुबैका मोटरसाइकल तथा स्कुटरका पार्टसमा १५ प्रतिशत र इन्जिन आयलमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो क्याम्पमा दुबै कम्पनीका मोटरसाइकल र स्कुटर टेष्ट राइडसमेत गर्न सकिने कम्पनीले जनाएको छ ।

यो क्याम्प क्रसफायरको एकान्तकुना स्थित सर्भिस सेन्टरमा संचालन हुनेछ । कम्पनीले तीन मोडलका मोटरसाइकल तथा एक मोडलको स्कुटर विक्री गर्दै आएको छ ।


Back_to_top