सवारी उत्पादक कम्पनीहरुका लागि चार्डपर्व निक्कै महत्वपूर्ण मानिन्छ । यो समयमा सवारीको बिक्री बढ्ने हुँदा उत्पादक कम्पनीहरुले नयाँ मोडल सार्वजनिक गर्ने गरेका छन् । यो वर्षको फेस्टिभ सिजन भारतीय बजारमा मारुती सुजुकी, हुन्डाइ तथा ड्याटसनले नयाँ ह्याचब्याक कार सार्वजनिक गर्ने योजना बनाएका छन् । उनीहरुले ल्याउने नयाँ कारको मूल्य ५ लाख भारु भन्दा कम हुने छ । यी हुन् फेस्टिभ सिजनमा सार्वजनिक हुने अनुमान गरिएका कारहरु :
हुन्डाइ सेन्ट्रो

हुन्डाइले उत्पादन बन्द गरेर पुनः नयाँ डिजाइनमा ल्याउन लागेको चर्चित ह्याचब्याक कार सेन्ट्रो आगामी महिना सार्वजनिक गर्ने तयारी गरेको छ । सेन्ट्रो नाममै कार बजारमा ल्याउने भनिएपनि कम्पनीले यसबारे कुनै कुरा सार्वजनिक गरेको छैन । यो कारको परिक्षण भने भइरहेको देखिएको छ । बजारमा सेन्ट्रो कार ल्याउनु पर्छ वा कहिले आउँछ भन्ने चासो उपभोक्ता, डिलर र बजारले राखेको हुन्डाइ मोटर इन्डियाका एमडी तथा सीइओ वाइके कूको भनाइ छ । हुन्डाइ इन्डियाले सेन्ट्रो सेप्टेम्बर वा अम्टोबरमा सार्वजनि गर्ने छ । हुन्डाइले सेन्ट्रो कारको सार्वजनिक हुने मिति नदिकिँदै जाँदा व्यापक क्याम्पेन गरि रहेको छ । कम्पनीले सेन्ट्रोका पुराना उपभोक्ताहरुसंग धेरै नै छलफल गरि रहेको छ । यो कार हुन्डाइले फेस्टिभ सिजनलाई केन्द्रीत गरेर बजारमा ल्याउँने देखिन्छ । यसको मूल्य बारे भने कम्पनीले केही खुलाएको छैन ।
मारुती वेगनआर

मारुती सुजुकी इन्डियाले नयाँ जेनेरेनसनको वेगनआर सार्वजनिक गर्ने तयारी गरेको छ । यो वर्षको फेस्टिभ सिजनमा सार्वजनिक हुने नयाँ वेगनआरमा धेरै नै विशेषताहरु थपिएर आउने छन् । यो कार बीएस ६ र क्रास सेफ्टी परिक्षण गरिएको छ । नयाँ जेनेरेसनको वेगनआर ४ लाख ५० हजार देखि ५ लाख भारु मूल्य कायम हुने अनुमान गरिएको छ ।
ड्याटसन गो र गो प्लस

भारतमा ड्याटसन गो र गो प्लस कार ४ वर्ष पहिले सार्वजनिक भएको थियो । उक्त कार यो वर्षको फेस्टिभ सिजनलाई लक्षित गरि अपग्रेडेड भर्सनमा आउने छ । हालै ड्याटसनले इन्डोनेसियामा गो र गो प्लसको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको थियो । भारतीय बजारमा सेप्टेम्बरको अन्त्यसम्ममा आउने अनुमान गरिएको छ । हाल भारतीय बजारमा गो को मूल्य ३ लाख २५ हजार र गो प्लसको मूल्य ३ लाख ९१ हजार भारतीय रुपैयाँबाट सुरु हुन्छ । नयाँ मोडलको मूल्य केही बढेर आउने अनुमान गरिएको छ ।


