काठमाडौं । काठमाडौंको नक्शालमा चांगनको नयाँ शोरुम तयार भएको छ । चिनियाँ ब्राण्ड चांगनको आधिकारीक वितरक एमएडब्लू वृद्धिले नयाँ शोरुम संचालनमा ल्याउन लागेको हो ।
नक्शाल चोकमा नै रहेको कारण चांगनको नव निर्मित शोरुमले जो कोहीको ध्यान खिच्न सफल भएको छ । अहिले शोरुम निर्माणको क्रम अन्तिम तिर पुगेको भन्दै अबको केही दिनमा नै यसको उद्घाटन हुने कम्पनीले जनाएको छ ।
चांगन अटोको उत्कृष्ट भित्री र बाहिरी बनावटले ग्राहकको अनुभवलाई परिमार्जित गर्ने र गाडी किन्ने ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।
चांगनका गाडी किन्न र टेष्ट ड्राइभ गर्न चाहने ग्राहकले नयाँ शोरुमबाट सेवा लिन पाउने कम्पनीले जनाएको छ ।

