टोयोटा ल्याण्ड क्रुजरको थिममा ‘नयाँ जेनेरेशन स्कर्पियो’

काठमाडौं । महिन्द्राले सन् २०२० देखि नै नयाँ जेनेरेशन स्कर्पियोको तयारी गरिरहेको थियो । निकै लोकप्रिय एसयूभी स्कर्पियो अहिले भारतका विभिन्न भेगमा परिक्षण भइरहेको छ । मिडिया रिपोर्टलाई मान्ने हो भने नयाँ स्कर्पियोको इन्टेरियर ल्याण्ड क्रुजर एसी २०० बाट प्रेरित रहने छ ।

महिन्द्राले यस वर्षको दोस्रो क्वाटर भित्रै नयाँ जेनेरेशन स्कर्पियोको विक्री सुरु गर्ने जनाएको छ । पछिल्लो पटक सार्वजनिक भएको तस्विरलाई आधार मान्दा नयाँ स्कर्पियोमा सनरुफ, ठूलो ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, इन्फोटेन्टमेन्ट सिस्टमको दुबैतर्फ ठूलो साइजको एसी भेन्ट, तल्लो भागमा कन्ट्रोल बटम देखिएको छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ ।

रियर एसी भेन्ट, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, थर्ड रो सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, कनेक्ट कार टेक्नोलोजी, टप भेरियन्टमा ३६० डिग्री क्यामेरा, ६ एयरव्याग, ट्रायक्सन कन्ट्रोल, स्टेविलीटी कन्ट्रोल, आइएसओ फिक्स चाइल्ड सिट जस्ता फिचर यसमा पाउन सकिने छ ।

स्कर्पियो फोर वा फोर सिस्टममा उपलब्ध हुनेछ । साथै, पहिलो पटक विभिन्न टेरेन मोड छनोट गर्न मिल्ने बताइएको छ । ट्वीन पड प्रोजेक्टर एलइडी हेडल्याम्प, म्यूजिकको लागि १० स्पीकर, २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा नयाँ स्कर्पियो उपलब्ध हुनेछ ।


Back_to_top