नेक्सनको ‘काजीरंगा एडिसन’मा थपिए फिचर

काठमाडौं । टाटा मोटर्सले काजीरंगा एडिसन बजारमा ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको काजीरंगा एडिसन नेक्सनमा केही प्रिमियम फिचर थप भएका हुन् ।

काजीरंगा एडिसनमा घाँसे मैदान कलर थेममा ब्ल्याकेट आउट रुफ, फरक इन्टेरियर कलर थेम पाउन सकिने छ । कम्पनीले नेक्सनको नयाँ एडिसनमा अगाडि भ्यान्टीलेटेड सिट, एयर प्यूरिफायर, वायरलेस चार्जर जस्ता फिचर थप भएर आउने छ ।

टाटा नेक्सन ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएसँगै निरन्तर विक्रीमा उछाल आएको मोडल हो । नेपालमा पनि नेक्सनको विभिन्न भेरियन्ट किन्न पाइन्छ । कम्पनीले नेक्सनको काजीरंगा एडिसनमा पनि १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन दिएको छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुयल र एएमटी गियरबक्स दिइएको छ ।


Back_to_top