माघ महिनामा इभी आयात न्यून, यस्तो छ कम्पनी अनुसारको आयात

काठमाडौं । माघ महिनामा विद्युतीय कारको आयात निकै कम भएको छ । साउनदेखि पुससम्मको ६ महिनामा १ हजार १०३ यूनिट इलेक्ट्रीक कार आयात भएकोमा माघमा केबल ८८ यूनिट मात्रै आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

माघमा चीनबाट हुने आयातमा निकै कमी आएको छ । चीनबाट बीवाइडीले १० यूनिट गाडी ल्याएको छ भने, एमजीले २ यूनिट मात्रै आयात गरेको देखिन्छ ।

त्यसैगरी माघमा सबैभन्दा बढी इलेक्ट्रीक कार नेपाल ल्याउने कम्पनी टाटा भएको छ । टाटाले नेक्सन र टिगोर इभी गरेर ४६ यूनिट आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

हुन्डाईले माघ महिनामा ३० यूनिट विद्युतीय गाडी नेपाल ल्याएको छ । कम्पनीले नेपाल ल्याएको गाडीमा कोना र आयोनीक ५ रहेका छन् ।


Back_to_top