किन्ने हो भीआर मोटरसाइकल, यस्तो छ दुई मोडलको नयाँ मूल्य

काठमाडौं । हाडफोर्ड नेपालमा बिक्री हुने सबैभन्दा पुरानो मध्यको एक डर्ट बाइक हो । नेपाली युवा माझ कुनै समय निकै चर्चामा रहेको यो मोटरसाइकल अहिले पनि सडकमा राम्रै संख्यामा गुडेको देख्न सकिन्छ ।

होन्डाले एक्सआर सिरिजमा विभिन्न इन्जिन अप्सनमा डर्ट बाइक ल्याएसँगै यसको बिक्रीमा केही कमी आएको हो । होन्डाको अलावा अहिले बजारमा यामाहा, क्रसफायर, लेमोटो, एसियन बिट्स, सीएफ, बिएमडब्ल्यू जस्ता कम्पनीले पनि डर्ट बाइक बिक्री गर्न सुरु गरेसँगै बजारमा तिब्र प्रतिस्पर्धा चलिरहेको छ ।

हाडफोर्ड कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको ‘भीआर १५० र २२३’ गरि दुई भेरियन्टमा उपलब्ध गराएको छ । १४९ र २२३ सीसी क्षमताको ओएचसी ४ स्ट्रोक इन्जिनमा उपलब्ध भीआरले अधिकतम १८.१ पीएस पावर प्रदान गर्नेछ भने यी दुबै भेरियन्टमा कार्बुरेटर इन्जिमा दिइएको छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

१२ लिटरको इन्धन ट्याङ्की दिइएको बाइकलाई आरामदायी बनाउन कम्पनीले अगाडि डबल पेरिस्कोप र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ ।

२१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई र १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको छ ।

इन्टरनेशनल मोटर्स प्रालिले बिक्री वितरण गर्दै आएको भीआर १५० को मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने भीआर २२३ को मूल्य ६ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

 


Back_to_top