९ हजार मासिक किस्तामा ‘एनएस २००’

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ९ हजार मासिक किस्तामा पल्सर चढ्न सकिने स्कीम दिइरहेको छ ।

कम्पनीले कम मूल्यको स्टायडर्ड भेरियन्ट बजाज पल्सर एनएस २०० को विक्री सुरु गरेसँगै मासिक ९ हजार १६३ रुपैयाँ किस्ता तिर्नेगरी मोटरसाइकल खरिद गर्न सकिने भएको हो । १८ महिनाको लागि कर्जा सुविधा उपलब्ध हुने यो स्कीममा कम्पनीले ब्याज पनि लिने छैन । बजाजका मोटरसाइकलमा हुलास फिनले कर्जा प्रबाह गर्दै आएको छ ।

बजाज एनएस २०० को स्टायडर्ड भेरियन्टको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । ब्याज नलाग्ने स्कीममा मोटरसाइकल खरिद गर्ने ग्राहकले न्यूनतम ४० प्रतिशत डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । तर, हामीले यहाँ मासिक किस्ता निकालेको रकम ५० प्रतिशत डाउन पेमेन्ट बुझाउनेलाई हो ।

ग्राहकले डाउन पेमेन्ट वापत १ लाख ६४ हजार ९५० रुपैयाँ बुझाउनु पर्छ भने त्यति नै रकम कर्जा वापत लिनु पर्छ । यो स्कीममा व्याज नलाग्ने भएकाले १८ महिनासम्म मासिक ९ हजार १६३ रुपैयाँ तिर्दा पुग्छ ।

५० प्रतिशत डाउन पेमेन्टको मासिक किस्ता हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कम्पनीले ल्याएको नयाँ स्कीम ४० प्रतिशत डाउन पेमेन्टमा पनि ब्याज नलाग्ने योजना अन्तर्गत मोटरसाइकल किन्ने ग्राहकले डाउन पेमेन्ट वापत १ लाख ३१ हजार ९६० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

डाउन पेमेन्टपछिको बाँकी १ लाख ९७ हजार ९४० रुपैयाँ कर्जा लिन सक्ने छन् । ग्राहकले १८ महिनाको किस्तामा मासिक १० हजार ९९७ रुपैयाँका दरले तिर्नु पर्ने हुन्छ ।

४० प्रतिशत डाउन पेमेन्ट गर्नेले तिर्नु पर्ने मासिक किस्ताको पूर्ण विवरण थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top