काठमाडौं । हुन्डाईको चर्चित एसयूभी क्रेटामा सुरक्षा फिचर थप हुने भएको छ । सन् २०२० मा आएको सेकेन्ड जेनेरेशन क्रेटाको फेसलिफ्ट मोडलमा फिचर थप भएर आउन लागेको हो ।
हुन्डाईको एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडीएएस) टेक्नोलोजी क्रेटामा समावेस हुने भएको छ । हुन्डाईले नयाँ जेनेरेशन टुसान र आयोनीक ५ जस्ता प्रिमियम गाडीमा दिएको ‘एडीएएस टेक्नोलोजी’ क्रेटामा प्रयोग गर्न लागेको हो ।
हुन्डाईले नयाँ कार सुरक्षाको हिसावले उत्कृष्ट बनाउने हिसावले काम गरिरहेको छ । नयाँ क्रेटामा ६ वटासम्म एयरव्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, भेहिकल स्टेवलिटी म्यानेजमेन्ट सिस्टम र आइएसओफिक्स चाइल्ड सिट आउने छ ।
यसका अलवा एडाप्टीभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, हाइबीम एसिस्ट, अटोमेटीक इमेर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पर्ट एसिस्ट जस्ता फिचर पनि आउन सक्ने छ ।

