काठमाडौं । बजारमा ब्याजदर निकै बढेको भएपनि ४.९९ प्रतिशत ब्याजदरमा नै एड्भेन्चर मोटरसाइकल किन्न पाइन्छ । केटीएम मोटरसाइकलको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले केटीएम २५० एड्भेन्चर मोटरसाइकल कम व्याजदरमा नै उपलब्ध गराउँदै आएको हो ।
कम्पनीले एकै पटक पुरा पैसा चुक्ता गरेर मोटरसाइकल खरिद गर्न नसक्ने ग्राहकहरुका लागि फाइनान्स स्कीममा मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।
केटीएम २५० एड्भेन्चरको मूल्य ८ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । यसलाई ४.९९ प्रतिशत ब्याजदर किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ ।
ग्राहकले ५० प्रतिशत हुन आउने ४ लाख ९ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी ५० प्रतिशत बारबरको रकम २ वर्षको किस्तामा तिर्नु पर्ने हुन्छ । यसरी मोटरसाइकल किन्दा ग्राहकले मासिक १७ हजार ९८४ रुपैयाँ किस्ता बुझाउनु पर्ने हुन्छ ।
यो स्कीममा मोटरसाइकल खरिद गर्ने ग्राहकले फुल हेलमेट निःशुल्क प्राप्त गर्नेछन् । त्यस्तै एक वर्षको वार्षिक कर कम्पनीले तिरिदिने छ ।
यस्तो छ मोटरसाइकल
केटीएमको ३९० एड्भेन्चरबाट प्रेरित २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर पाउन सकिन्छ ।


