चांगनले सार्वजनिक गर्‍यो दुई नयाँ एसयूभी, चाँडै नेपाल आउने अनुमान

काठमाडौं । चांगनले आफ्नो बहुप्रतिक्षित एसयूभी ओसन एक्स सेभेनको ग्लोवल लन्च गरेको छ । कम्पनीले मार्च ७ तारिखमा पाकिस्तानबाट यसको दुई भेरियन्टमा लन्च गरेको थियो ।

कम्पनीले ओसन एक्स सेभेन फियुचर सेन्स र ओसन एक्स सेभेन कम्फर्ट भेरियन्ट बजारमा ल्याएको हो । दुवै भेरिएन्टमा १.५ लिटर टर्बो चार्ज्ड ब्लुकोर इन्जिन दिइएको छ । यूरो ६ मापदण्डको १५ सय सीसी क्षमताको इन्जिनले अधिकतम १८५ हर्सपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

चांगनले यसमा ७ स्पीड डिसिटी अटोमेटिक गियरबक्स दिएको छ । कम्पनीले ओसन एक्स सेभेन फियुचर सेन्समा ५ सिट दिएको छ भने कम्फर्ट भेरियन्टमा ७ सिट दिएको छ ।

निकै आकर्षक डिजाइनमा तयार भएको यी एसयूभीमा उत्कृष्ट फिचर पाउन सकिन्छ । डिजिटल क्लष्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट ड्राइभिङ कन्ट्रोल, टायर प्रेसर मोनिटर लगायतका पाउन सकिन्छ ।

ओसन एक्स सेभेन थप प्रिमियम रहेको छ । यसमा इको, कम्फर्ट, स्पोर्ट र कस्टमगरी चार फरक ड्राइभिङ मोड पाउन सकिन्छ । इलोक्ट्रोनिक पार्किङ्ग, अटो होल्ड, इलेक्ट्रीक प्यानोरोमिक सनरुफ, इन्टलिजेन्ट क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर समावेस छन् ।

सुरक्षाको दृष्टिकोणबाट दुबै भेरियन्टमा चालक र यात्रुको लागि एयरब्याग र साइड टोर्सो एयरब्याग दिइएको छ । दुबै भेरियन्टमा एबीएस, इबीडी, हिल होल्ड कन्ट्रोल, डिसेन्ट कन्ट्रोल र इमोबिलाइजर समावेश छ । सुरुमै राइट ह्याण्ड ड्राइभमा आएको कारण यो एसयूभी चाँडै नेपाल आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top