काठमाडौं । भारतीय अटोमोवाइल कम्पनील महिन्द्रा एण्ड महिन्द्राले यसै वर्षको जुलाइमा तीनवटा नयाँ इभी कन्सेप्ट अनभिल गर्ने भएको छ । महिन्द्राको नयाँ बन्ने इलेक्ट्रीक कार इभी प्लेटफर्ममा आधारित हुने भएकाले फ्यूचरिस्टीक डिजाइनमा हुनेछन् ।
आफ्नो नयाँ तीन मोडलका एसयूभी एकै साथ देखाउने तयारी गरेको महिन्द्राले नयाँ गाडीमा रहने ड्यासबोर्डको भिडियो सार्वजनिक गरेको छ । नयाँ कन्सेप्टको इभीमा टु स्पोक अक्टागनल सेपको स्टेरिङ ह्वील देखिन्छ । मल्टीफङ्सन यूनिटका सुइचहरु देख्न सकिन्छ ।

यसको ड्यासबोर्डको सेन्ट्रल कन्सोलदेखि ड्राइभर साइडको डोर प्यानलसम्म एलइडी स्कृन रहेको देखिन्छ । जसलाई दुईवटा सेक्सनमा डिभाइड गरिएको देखिन्छ । अन्य भन्दा विलकुलै फरक देखिएको ड्राइभर सिट ककपीट जस्तो डिजाइनमा छ । सेन्टर कन्सोलमा बल्की लिभर तथा रोटरी नब रहेको छ, जसले ड्राइभ गियर सेलेक्ट गर्न मिल्नेछ ।
आगामी जुलाइमा अनभिल गर्ने भनिएको तीनवटै इभीमा समान खालको इन्टेरियर हुने सम्भावना रहेको छ । तर, गाडीको साइज अनुसार केही भिन्नता अवश्य देख्न सकिनेछ । महिन्द्राको यी नयाँ इभीहरु कम्पनीको यूकेमा रहेको ग्लोबल डिजाइन सेन्टर महिन्द्रा एड्भान्स डिजाइन सेन्टर यूरोपमा डिजाइन भइरहेको छ ।
आगामी जुलाईमा यी तीनवटा डिजाइनको कन्सेप्ट शोकेस गरिने भएता पनि यसको उत्पादन बजारमा आउन भने सन् २०२५ सम्म लाग्ने छ ।


