बेनेलीको नयाँ वर्ष अफरः सोझै २५ हजार नगद छुट

काठमाडौं । बेनेली मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनी ‘सोझै २५०००’ डिस्काउन्ट अफर सार्वजनिक गरेको हो । कम्पनीले १५० सीसीसम्मका मोटरसाइकल र स्कुटरमा भने २० हजार मात्रै छुट दिने जनाएको छ ।

कम्पनीले नयाँ वर्ष २०७९ को अवसर पारेर नगद छुट स्कीम ल्याएको हो । कम्पनीका अनुसार यो अफर सबै मोटरसाइकल तथा स्कुटरमा लागु हुनेछ ।

बेनेलीले सार्वजनिक गरेको सोझै अफरमा क्यास, फाइनान्स र एक्सचेन्ज तीनै वटै माध्यमबाट खरिद गर्दा पनि पाइने छ । यो स्कीम नेपालभर रहेको बेनेलीको आधिकारिक शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

केटीएम इन्टरनेशनलले नेपाली बजारमा एक मोडलको स्कुटर तथा ८ मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले हालै मात्र आफ्नो पहिलो स्कुटर पानेरिया नेपाली बजारमा सार्वजनिक गरेको हो ।

त्यस्तै मोटरसाइकल तर्फ बेनेली टीएनटी १३५, टीएनटी १५÷१५ आई, बेनेली १८० एस÷निओन, बेनेली ३०२ एस÷निओन, लिओन्सीनो २५१, टीआरके २५१, टीएनटी ६०० आई र बेनेली ७५२ एस उपलब्ध रहेको छ ।


Back_to_top