काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभर रहेका आफ्ना १५ सर्भिस सेन्टरहरुमा सुरु गरेको छ । आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ लगायतका यातायात क्षेत्रका ब्यक्तिहरुको उपस्तिथिमा सर्भिस क्याम्पको उद्घाटन गरिएको हो ।
यस योजना अन्तर्गत ग्राहकले पार्टस्मा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशत र लेबर चार्जमा ३० प्रतिशतसम्म छुट पाउने छन् । साथै ४५ पोइन्टमा फ्री चेकअप पनि उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यस सर्भिस क्याम्पको दौरान ग्राहकले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटरसम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप-अप पनि गर्न सक्ने छन् ।
सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्शियल भेहिकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ । सुरक्षीत गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यो योजना चैत्र ६ गते देखि ११ गतेसम्म चल्ने छ ।


