आठ महिनामा १ खर्ब २७ अर्बको पेट्रोल र डिजेल आयात, भन्सार राजस्व ६४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा १ खर्ब २७ अर्ब ६८ करोड रुपैयाँ बराबरको पेट्रोल र डिजेल आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ महिना (साउन-फागुन) सम्ममा सो रकम बराबरको ६ लाख किलोलिटर पेट्रोल र डिजेल आयात भएको हो ।

चालु आवमा ३९ अर्ब ८५ करोड रुपैयाँ बराबरको पेट्रोल आयात विभागको तथ्यांकले देखाएको छ । आठ महिनाको अवधिमा ४ लाख ८६ हजार १२० किलो लिटर पेट्रोल आयात भएको थियो । सोही अवधिमा ११ लाख ४६ हजार ३९९ किलो लिटर डिजेल आयात हुँदा ८७ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ ।

चालु आवको ८ महिनामा सरकारले पेट्रोल र डिजेलबाट मात्र ६३ अर्ब ८३ करोड रुपैयाँ भन्सार कर उठाएको छ ।

साथै, चालु आर्थिक वर्षमा हवाई इन्धन ७ अर्ब ६६ करोड ४४ लाख रुपैयाँ बराबरको २३ लाख ७३ हजार ७७२ किलोलिटर इन्धन आयात भएको हो ।

चालु आवमा ८८ करोड ८५ लख रुपैयाँको मटितेल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । खाना पकाउने एलपीजी ग्यास भने ४० अर्व ६४ करोड १४ लाख रुपैयाँको आयात भएको छ ।


Back_to_top