काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी एनआइयूको नयाँ स्कुटर नेपालमा सार्वजनिक गर्ने भएको छ । एनआइयू इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी इको इन्फिनीटीले ‘गोभा जी ५’ स्कुटर भोलि बिहिवार सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले सार्वजनिक गर्ने नयाँ स्कुटर भोलि नै १० जना ग्राहकलाई हस्तान्तरण गर्ने जानकारी दिएको छ ।
एनआइयू गोभा जी ५ मा ३ किलोवाट क्षमाताको बश कम्पनीको मोटर रहेको छ । यसमा एनआइयूको चौथो जेनेरेशन ‘एनआइयू ७२ भोल्ट ४५ एम्पीयर’ लिथियम आयोन ब्याट्री दिइएको छ ।
यसमा रहेको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले दावी गरेको छ । यसको टप स्पीड भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यो स्कुटरमा स्मार्ट डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एन्टि थेप्ट यूएसबी चार्जर, हालो हेडल्याम्प, राइडिङ मोड, सीबीएस ब्रेकिङ सिस्टम, डबल डिस्क ब्रेक, ठूलो बुट स्पेस पाउन सकिन्छ ।
इको इन्फिनिटीले एनआईयू गोभा जी ५ तीन कलरमा नेपाल ल्याएको छ भने यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गर्ने भएको छ ।


