बाक्सी तीनपाग्रेको ५ दिने रोड सो सम्पन्न

बाक्सी तीनपाग्रे अटोको ५ दिने रोड सो सम्पन्न भएको छ । बाक्सी तीनपाग्रे अटोको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी राइ इन्भेस्टमेन्ट कम्पनीले ५ दिने रोड सो सम्पन्न गरेको हो ।

यो रोड शो कार्यक्रम देशका बिभिन्न स्थानमा पुगेर सम्पन्न भएको हो ।पूर्बको ईटहरी बजारबाट सुरु भएको सो कार्यक्रम ईनरुवा, लाहान, गोलबजार, मिर्चैया, जनकपुर , बर्दिबास, लालबन्दी, चपुर, बरहथवा, निजगढ, गढिमाई, सिमरा, हेटौंडा, चितुवन, गैंडाकोट, नवलपरासी, बर्दघाट, बुटवल, हुँदै पश्चिमको भैरहवा बजारको अन्चलपुरसम्म पुगेको हो ।

पश्चिमाञ्चलका लागि आधिकारिक बिक्रेता अटोजोन इन्डस्ट्रिजमा पुगेर यो रोडको समापन गरिएको राई ईन्भेस्टमेण्टले बताएको छ ।

कम्पनीका अध्यक्ष उमेश राई प्रमुख अतिथी रहेको सो समापन कार्यक्रमममा ब्यावसायी लायन हरि प्रसाद दाहाल सहित विभिन्न क्षेत्रमा आबद्ध व्यवसायी, अटोमोवाईल ब्यावसायी र स्थानिय प्रतिनिधिको शहभागिता रहेको थियो ।


Back_to_top