३ लाख ९० हजार मूल्यको नयाँ स्कुटरको विक्री सुरू

काठमाडौं । सेगवे नाइनवटको नयाँ इलेक्ट्रीक स्कुटरको नेपाल भित्रिएको छ । सेगवे नाइनवट इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी आइ हबले नयाँ स्कुटरको विक्री सुरू गरेको हो ।

आइ हबले केही समय अगाडि मात्रै सेगवे नाइनवट ब्राण्ड नेपाल भित्र्याएको थियो । सुरूआती चरणमा कम्पनीले ई-१०० सार्वजनिक गरेको थियो भने हाल कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर ई-१२५ सार्वजनिक गरेको हो ।

ई-१२५ मा २४०० वाटको मोटर रहेको छ । यो मोटरले २०० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ७५ किलोमटिर प्रतिघण्टा रहेको छ ।

यसमा ७४ भोल्ट २७ एम्पियरको रिमुभएबल लिथिएम आयन ब्याट्री दिइएको छ । यो ब्याट्री प्याकलाई फुलचार्ज गर्न ५ देखि ६ घण्टा समय लाग्छ भने यसलाई एकपटक फुलचार्ज गर्दा १२० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

त्यसैगरी, ई-१२५ मा सबै लाइटहरू एलईडी दिइएको छ भने यसमा डिजिटल डिस्प्ले, क्रुज कन्ट्रोल, राइड मोड, हाजार्ड लाइट, २२ लिटर स्टोरेज क्षमता,

यूएसबी चार्जर, रिमोट कि कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यो स्कुटरको तौल जम्मा ८० किलोग्राम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १३० एमएम रहेको छ ।

आइ हब प्रालिले सेगवे नाइनवट ई-१२५ को मूल्य ३ लाख ९० हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।


Back_to_top