काठमाडौं । नेपालमा विद्युतीय कारको माग अनुसार आपूर्ति नहुँदा ६/७ महिनासम्मको ‘वेटिङ पिरियड’ पुगेको छ । विशेषतः एमजी, टाटा र हुन्डाईका गाडीमा लामो वेटिङ पिरियड रहेको विक्रेता कम्पनीहरूको भनाइ छ ।
लामो वेटिङ पिरियडको कारण धेरै मानिसहरू फेरि कम्बस्चन इन्जिन नै किन्नु पर्ने बाध्यतामा परेको बजारमा देख्न सकिन्छ । किया निरो पछिल्लो १० महिनामा एक यूनिट पनि आयात भएको छैन । त्यसैगरी, एमजीको सर्वाधिक विक्री हुने ईजेडएस पनि विगत तीन महिनादेखि आउन सकेको छैन ।
टाटा र हुन्डाईले केही संख्यामा विद्युतीय कार ल्याइरहेको भए पनि उनीहरूको पनि माग धान्न सक्ने अवस्था छैन । यस्तोमा चिनियाँ ब्राण्ड बीवाइडीले भने ग्राहकलाई बुकिङ गरेको १५ दिन भित्रै गाडी उपलब्ध गराउने जानकारी दिएको छ ।
‘हामी बुकिङ लिएको १५ दिन भित्रै बीवाइडी ई-सिक्स र नयाँ जेनेरेशन ई-सिक्स डेलिभरी दिन सक्छौं । अहिले बजार माग संवोधन गर्न हामी सक्षम रहेका छौं,’ आधिकारिक विक्रेता साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले मेरोअटोसँग भनिन् ।
विद्युतीय गाडीको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार बढ्दै आइरहेको छ । यस्तोमा नेपालमा पनि चाँडै मूल्य बढ्ने देखिन्छ । यस्तोमा बीवाइडीले अहिले विक्री गर्दै आएको नयाँ जेनेरेश ई-सिक्सको मूल्य ५७ लाख ५० हजार तोकेको छ भने त्यसमा १ लाख रुपैयाँ नगद छुट पनि दिँदै आएको छ ।

साइमेक्स इंकले अहिले बीवाइडीको ई-सिक्स, नयाँ जेनेरेशन ई-सिक्स, एम थ्री र टी थ्री भ्यान विक्री गर्दै आएको छ । यी मध्ये कम्पनीले विक्री गर्ने नयाँ जेनेरेशन ई-सिक्समा ग्राहकको धेरै आकर्षण रहेको पाइन्छ ।
नयाँ ई-सिक्स नेपालमा उपलब्ध सबैभन्दा धेरै क्षमताको ब्याट्री रहेको गाडी हो । यसमा बीवाइडीको नविन टेक्नोलोजी युक्त ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले एक पटकको फुलचार्जमा ५२२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
टिकाउ ब्याट्री र सुरक्षीत
बीवाइडी नयाँ जेनेरेशन ई-सिक्समा ब्लेड ब्याट्री उपलब्ध रहेको कारण यसलाई निकै टिकाउ र सुरक्षीत ब्याट्री मानिन्छ । कम्पनीले यसमा रहेको ब्याट्रीमा ४ हजार चार्जिङ साइकल चल्ने दाबी गरेको छ । जुन कुनै पनि कम्पनीले विक्री गर्ने ईभीको तुलनामा धेरै हो ।

यसमा रहेको ब्याट्री ब्लेड टेक्नोलोजीमा आधारित रहेको कारण अहिले चल्तीमा रहेको सबैभन्दा सुरक्षीत ब्याट्रीको रुपमा यसलाई लिने गरिएको छ । त्यही कारण टेस्लादेखि टोयोटासम्मका ब्राण्डले बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गर्न थालेका छन् ।
ठूलो स्पेश र लग्जरी
सामान्यतया ठूलो गाडी यात्राको लागि उपयोगी मानिन्छ । नयाँ जेनेरेशन बीवाइडी ई-सिक्सको लम्बाइ ४६९५ एमएम, चौडाइ १८१० एमएम र उचाइ १६७० एमएम रहेको छ । जसको कारण गाडी निकै फराकिलो र स्पेसियस पाउन सकिन्छ ।

बीवाइडीले यसमा २८०० एमएमको ह्वीलवेस, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र ५८० लिटरको बुट स्पेश दिएको छ । साथै यसमा १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
पावर
रेन्ज बढाउन कम्पनीले यसमा ७० किलोवाट क्षमताको मोटर दिएको छ । अधिकतम १८० एनएम टर्क प्रदान गर्ने यो गाडी फ्रन्ट ह्वील ड्राइभ सिस्टममा रहेको छ ।
इन्टेरियर
नयाँ जेनेरेशन ई-सिक्सको इन्टेरियर पनि निकै सार्प पाउन सकिन्छ । ५ इन्चको टीएफटी डिस्प्ले, लेदर र्याप स्टेरिङ ह्वील, टिल्ट एण्ड टेलिस्कोपिक एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वील, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ४ वटा स्पिकर, प्रशस्त लेगरुम, लेदर सिट, ६ तरिकाले मिलाउन मिल्ने अगाडिको सिट जस्ता फिचर पाउन सकिन्छ ।

सुरक्षा फिचर
सुरक्षाको हिसाबले पनि बीवाइडीले यसमा थुप्रै फिचर दिएको छ । इलेक्ट्रीक पार्किङ ब्रेक, भेहिकल डाइनामिक कन्ट्रोल सिस्टम, ब्रेक ओभिरेड सिस्टम, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट सिस्टम, एयरब्याग, स्मार्ट की सिस्टम, पछाडि ४ वटा सेन्सर लगायत पाउन सकिन्छ ।

