चांगन अटोको ब्लु कोर इन्जिनले राख्याे गिनिज वल्ड रेकर्ड

काठमाडाैं ।  ब्लु कोर इन्जिनले  गिनिज वल्ड रेकर्ड  राख्न सफल भएकाे छ । याे इन्जिन गिनिस वल्ड रेकर्ड होल्डरका साथै अन्य विविध अवार्डको बिजेतासमेत रहेको छ । याे इन्जिन चांगन अटोको एल्सभीन सेडान र  हन्टर पिकअपमा पनि प्रयाेग भएकाे छ ।

चांगन अटोले गिनिज रेकर्ड अन्तर्गत लंगेस्ट लाइभ भिडियो ब्रोडकास्टलाई चुनौती दिदै चोगींङ चांगन अटो ग्लोबल आर एण्ड डी सेन्टरमा प्रत्यक्ष प्रसारण गरिएको थियो । चांगनले ब्लु कोर हाइ प्रेसर डिरेक्ट इन्जेक्सन इन्जिनको पावरलाई रिलिज गरेको थियो । यस अन्तर्गत इन्जिनलाई २५९ घण्टासम्म  ५५०० भन्दा माथिको आरपीएम गतिमा निरन्तर चलाइएको थियो । यस अवस्थामा पनि इन्जिनले कुनै पनि प्रकारको नकारात्मक संकेत दिएन । यसले इन्जिनको विश्वसनीयता र स्थिरतालाई पुष्टि गरेको छ । ब्लु कोर इन्जिन २०२० को चाइना कोर टप १० इन्जिनको बिजेतासमेत हाे ।

ब्लु कोर इन्जिनको साथमा भेराइभल भल्भ टाइमिङ, डुअल ओभरहेड क्याम, र इन लाइन ४ सिलिन्डरको साथमा आउँछ । ब्लु कोर इन्जिनले ग्राहकहरुलाई शक्तिशालि, शान्त र सरल ड्राइभिङ अनुभुति प्रदान गर्छ । ग्राहकहरुलाई अबिस्मरणीय अनुभुति प्रदान गर्नुका साथै उच्चतम प्रदर्शन र कम इन्धन खपत गर्नेमा कम्पनी विश्वस्त छ ।

 


Back_to_top