नयाँ डबल क्याव पीकअप आउने

काठमाडौं । बजारमा डबल क्याव पीकअपको माग बढ्दै गएसँगै फोटोनको आधिकारीक वितरक एमएडब्लू वृद्धिले टुनल्याण्ड ई प्लस पीकअप नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले यसअघि टुनल्याण्ड ई पीकअप विक्री गर्दै आएको थियो ।

एमएडब्लू वृद्धिका सेल्स हेड नविन आचार्यका अनुसार अहिलेकोभन्दा पावरफुल इन्जिन, उत्कृष्ट पर्फमेन्स र आकर्षक लुक्समा नयाँ पीकअप आउने छ ।

नेपाल आउने पीकअपमा रहेको फिचरको विषयमा केही जानकारी बाहिर नआएको भएपनि यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन रहने कम्पनीले जनाएको छ । उक्त इन्जिनले अधिकतम १४८ हर्सपावर र ३२० एनएम टर्क प्रदान गर्छ ।

फोटोनले अहिले नेपाली बजारमा पीकअप, माइक्रोबस र साना कमर्शियल ट्रकको आयात र विक्री वितरण गर्दै आएको छ । साथै, पछिल्ला दिनमा आफ्नो नेटवर्क विस्तारमा पनि कम्पनीले काम गर्दै आएको छ ।


Back_to_top