क्र्यास सेफ्टी टेस्टमा मारुतीका १५ मध्ये ९ कार मात्र पास

भारतमा उत्पादित कारमा गरिएको क्र्यास परिक्षणको नतिजा बाहिर आएको छ । भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले उत्पादन गरेको १५ कार मध्ये ९ वटाले मात्र उक्त क्र्यास परिक्षण उत्तीर्ण गरेका छन् । 

गाडीको ह्वील सेफ्टीमा नयाँ प्रावधानसहित परिक्षण गरिएको थियो । 

परिक्षणमा पास गरेका मारुतीका मोडलहरुमा सेलेरियो, इग्निस, स्वीफ्ट, डिजायर, इर्टिगा, भिटारा ब्रेजा, बलेनो, सियाज र एस–क्रस रहेका छन् । यी सबै कारहरु नेपाली बजारमा बिक्री वितरण भइरहेको छन् । 

त्यससैगरी कम्पनीले उत्पादन गरेका ओम्नी, जिप्सी, इको, वेगनआर र अल्टोले क्र्यास टेस्ट पास गर्न सकेन । 

भारतमा नयाँ सुरक्षा नियम २०१९ को अक्टोबर १ देखि लागुु हुनेछ । भारतमा बिक्री हुने तथा उत्पादन भएका सबै कारमा बीएनभीएसएपी क्र्यास प्रोटेक्सन अनिर्वाय गरिएको छ । 

मारुतीले नयाँ जेनेरेसनको वेगनआरमा आफूलाई केन्द्रित गरेको जनाएको छ । यसै वर्ष सार्वजनिक हुने अनुमान गरिएको नयाँ वेगनआर थप विशेषता सहित बीएस ६ इन्जिनमा आउने छ । जुन सुरक्षाको हिसावले उत्कृष्ट हुने अनुमान गरिएको छ । 

नयाँ कारको हेडलाइट र ग्रिल पूर्ण परिवर्तनसहित आउने छ । 

नयाँ वेगनआर भने बीएनभीएसएपी क्रायास प्रोटेक्सन नर्मस अनुसार नै बनाइरहेको कम्पनीले जनाएको छ । मारुतीले अल्टोसमेत अप ग्रेड गरि नयाँ नियम अनुसार ल्याउने तयारी गरिरहेको बुझिएको छ । 


Back_to_top