उपत्यकामा ट्याक्सी किन्दा अब विद्युतीय मात्रै, यस्तो छ मापदण्ड

काठमाडौं । वागमती प्रदेश सरकारले विद्युतीय ट्याक्सीको मापदण्ड लागु गरेको छ । प्रदेश सरकारले ‘सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८’ जारी गर्दै विद्युतीय ट्याक्सीको मापदण्ड तोकेको हो ।

विद्युतीय सवारीसाधनको मापदण्डसँगै सरकारले २० वर्ष पुराना ट्याक्सीलाई नयाँमा रुपान्तरण गर्दा अनिर्वाय विद्युतीय ट्याक्सी लिनु पर्ने ब्यवस्था गरेको छ ।

यस्तो छ मापदण्ड

बागमती प्रदेश सरकारले तयार गरेको विद्युतीय ट्याक्सीको मापदण्डमा साधारण र विशेष प्रकृतिको दुई थरी ब्यवस्था गरिएको छ । साधारण ट्याक्सी ५ सिट क्षमताको हुनु पर्ने छ भने विशेष ट्याक्सी ५ वा ७ सिट क्षमताको हुनसक्ने उल्लेख छ ।

सेडान कार नै हुनु पर्ने उल्लेख गरेको मापदण्डमा २०० लिटर माथिको बुट स्पेश, कम्तीमा ३० किलोवाट क्षमताको मोटर र २० किलोवाट आवरको लिथियम आयोन व्याट्री हुनु पर्ने उल्लेख छ । साथै यस्ता ट्याक्सीको न्यूनतम रेन्ज २१० किलोमिटर हाराहारी हुनु पर्ने उल्लेछ ।


Back_to_top