काठमाडौं । मेरोअटो मोटर र्याली २.० को तयारी पुरा भएको छ । अटोमोटीभ्स मिडिया प्रालिले आयोजना गर्ने यो मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।
यस वर्षको मोटर र्यालीको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । भने इन एशोसिएशन विथ लक्ष्मी हुन्डाई र अग्नी इनकर्पोरेट प्रालि रहेका छन् ।
र्यालीको तयारी पुरा भएको जानकारी दिदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर र्यालीको तयारी गरेका छौं ।’
घिमिरेका अनुसार यस वर्षको र्यालीमा ५० भन्दा बढी कार र १२० जना मानिसले र्यालीमा सहभागित जनाउने छन् ।
काठमाडौंको बत्तिसपुतलीबाट सिन्धुलीको मुलकोटसम्म आयोजना हुने यो र्याली भोलि शुक्रबार विहान ८ बजे सुरु हुनेछ । यसको समापन भने शनिवार गरिने छ ।
र्यालीमा प्रयोजकको रुपमा रेनो, एमजी, सिप्रदी, जीप, इसुजु, भीडब्लू, प्रोटोन, आइएमइ जस्ता ब्राण्ड छन् भने बैंकिङ पाटनर सिटिजन्स बैंक, बेभरेज पाटनर आइसबर्ग, इन्स्योरेन्स पाटनर अजोड इन्स्योरेन्स, ल्यूब पाटनर नेपाल ल्यूव आयल र इन्टरनेट पाटनर डिसहोम फाइबर नेट रहेका छन् ।

