यामाहा R15M नेपालमा, यस्ता छन् प्रिमियम फिचर

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डप संचालन गरिरहेको ‘महा एक्सचेन्ज मेला’मा आर १५ एम नयाँ मोटरसाइकल प्रर्दशनीमा राखिएको छ । प्रदर्शनमा राखिएसँगै यसअघि विक्री हुँदै आएको आर १५ को तुलनामा एम मोडल कति फरक छ भन्ने चासो हुनु स्वभाविक हो ।

यामाहा इन्डियाले पहिलो पटक उत्पादन गरेको आर १५ एम प्रिमियम सेग्मेन्टमा उत्पादन गरेको मोडल हो । यामाहा आर १५ एममा यामाहाको सफल मोटरसाइकल आर १५ भी ३ कै इन्जिन दिइएको छ । यसको डिजाइन भने यामाहा आर १ एमबाट प्रेरित रहेको छ ।

यामाहा आर १५ एमको फ्रन्ट लुक यामाहा आर १५ भी ३ को भन्दा भिन्न र अझै सार्प देख्न सकिन्छ । कम्पनीले आर १५ एमको फ्रन्टमा सिंगल पड वग आई फङस्नल एलइडी हेडल्याम्प दिएको छ । यसले मोटरसाइकललाई थप आक्रमक लुक्स प्रदान गरेको छ । एरोडाइनामीक डिजाइन तयार भएको फ्रन्ट फियर्ड यसको अर्को बलियो पक्ष हो ।

यामाहाले आर १५ लाई एरोडाइनामीक बडी डिजाइनमा निर्माण गरेको छ, त्यही कारण उच्च गतिमा चलाउँदा पनि हावाको बहावसँगै मोटरसाइकललाई नियन्त्रण गर्न सजिलै सकिन्छ ।

यसमा १५५ सीसी लिक्विड कुल्ड भिभिए इन्जिनलाई नै कम्पनीले निरन्तरता दिएको छ । यसले आर १५ भी ३ कै समान १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यस ६ स्पीडको गियरबक्स उपलब्ध छ । कम्पनीले यसमा ट्रयाक्सन कन्ट्रोलका साथै क्वीक सिफ्टर र स्लीपर क्लचसमेत दिएको छ । यो मोटरसाइकलमा डेल्टाबक्स फ्रेम र आल्मुनियम स्वीङ आर्मको प्रयोग गरिएको छ ।

आर १५ एम मोटरसाइकलको दुबैतर्फ डिस्क ब्रेक रहेको छ । त्यस्तै यसमा सुपर वाइड १४० एमएमको रेडियल टायर पाउन सकिन्छ । प्रिमियम फिचरका रुपमा चिनिने अगाडि दिइएको गोल्डेन कलर यूएसडी फर्क, रियरमा मोनोशक सस्पेन्सन, डबल च्यानल एबीएस, साइड स्ट्याण्ड इन्जिन कट सेन्सर, ड्राइभ मोडसहितको डिजिटल कन्सोल जस्ता फिचर उपलब्ध छन् ।

यसको विक्री सुरु गर्ने मिति र मूल्यको विषयमा भने यामाहाको आधिकारीक विक्रेता एमएडब्लूले कुनै आधिकारीक जानकारी दिएको छैन । भारतमा भने यो मोडलको मूल्य १ लाख ८७ हजार रुपैयाँ रहेको छ ।


Back_to_top