२०२२ मोडल याडिया इलेक्ट्रीक स्कुटरको बुकिङ खुल्ला, नगद २० हजार छुट पाइने

काठमाडौं । याडिया इलेक्ट्रीक स्कुटरको २०२२ मोडलको बुकिङ खुला भएको छ । याडियाको नेपालका लागि आधिकारि विक्रेता कम्पनी कुजु नेपालले २०२२ मोडलका स्कुटरको बुकिङ खुल्ला गरेको हो ।

विगत ३ महिनादेखि सोल्डआउट भएको स्कुटर पुनः नेपाल भित्रने भएको हो । अबको दुई हप्ता भित्र ग्राहकलाई डेलिभरी दिने तयारीमा लागेको कुजु नेपालका संचालक उम्मिद श्रेष्ठले मेरोअटोलाई बताए ।

उनका अनुसार जेष्ठ पहिलो सातादेखि स्कुटरको विक्री सुरू हुनेछ । २०२२ मोडल भित्रने भएसँगै कम्पनीले बुकिङ स्कीमसमेत ल्याएको छ ।

कम्पनीले ल्याएको स्कीममा हाल स्कुटर बुकिङ गर्ने ग्राहकले हरेक मोडलमा २० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् । नगद छुटका साथै ग्राहकले याडिकाका एशोसरेजहरू हेल्मेट, की–रिङ, याडिया छाता, क्याप, याडिया टिसर्ट लगायत थुप्रै गिफ्ट प्राप्त गर्नेछन् । यसका साथै कम्पनीले फाइनानन्स स्कीमसमेत प्रदान गर्ने जनाएको छ । ग्राहकले शून्य प्रतिशत ब्याजमा समेत याडियाका इलेक्ट्रीक स्कुटर खरिद गर्न सक्नेछन् ।

कम्पनीले नेपाली बजारमा याडियाका तीन मोडलका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । कुजु नेपालले २०२२ मोडलका सी-१ एस, एस-लाइक र जी-फाइभ गरी तीन मोडलको बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले सी-१ एस को मूल्य ३ लाख ६५ हजार, जी-फाइभको मूल्य ३ लाख ४५ हजार र एस-लाइकको मूल्य २ लाख ४५ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ लिँदै आएको छ ।

 


Back_to_top