१०० वर्ष अगाडि विश्वका चर्चित सहरमा यस्ता थिए गाडी (भिडियोसहित)

काठमाडौं । १८ औं शताव्दीको अन्त्यसम्म यातायातको मुख्य साधन भनेको घोडा र घोडा प्रयोग हुने बग्गीहरु थिए । आफ्नो अनुकुलताको बनोट र सजावटमा रहेने बग्गीले मानिसको आवत जावतलाई सहज बनाएको थियो ।

जब सन् १९०० को सुरुवातसँगै चार पाङ्ग्रे गाडीको विकास र विस्तार भयो, तब सडकमा घोडाको प्रयोग बन्द भयो । अमेरिकी र यूरोपीयनहरुले निर्माण गरेका बाटोमा घोडाको दिशा र पिसावले निकै समस्या सृजना गरेको थियो । गाडीको विकासँगै यी कुराबाट बाटोले नयाँ स्वरुप ग्रहण गरेको थियो ।

आजभन्दा १०० वर्ष अगाडिदेखि नै युरोप तथा अमेरिकाको मुख्य सडकमा चारपाङ्ग्रे सवारीसाधनहरु बाक्लो रुपमा गुढ्न थालेका हुन् । त्यतिवेला प्रयोगमा आएका अधिकांश कारहरु बक्सी डिजाइन र पातलो टायर भएका थिए ।

नास नामक एक संस्थाले हालै मात्र ती दुर्लभ फुटेजहरु संकलन गरेर रंगीन बनाई यूट्यूबमा अपलोड गरेको छ । करिब ८ मिनेटको उक्त भिडियोमा अमेरिकाको न्यूयोर्क, शिकागो, मिसीगन, सानफ्रान्सीस्को त्यस्तै वेलायतको लण्डन, जर्मनको बर्लीन, स्वीडेनको स्टकहोम, डेनमार्कको कोपनहेगन, नेदल्याण्डको आम्सरडम, फ्रान्सको पेरिस तथा सुइजरल्याण्डको जेनेभा, इटालीको मिलान जस्ता सहरमा १०० वर्षअघि कस्ता साधन थिए भन्ने रमाइला दृष्यहरु देख्न सकिन्छ ।


Back_to_top