पुरानै मूल्य, बढी सुविधाको साथ आयो रेनो क्विडको फेसलिफ्ट

रेनोले ‘क्विड २०१८’ लाई लोडेड रेन्जमा सार्वजनिक गरेको छ । म्यानुअल तथा अटोमेटेड दुबै ट्रान्समिसनमा सार्वजनिक भएको रेनो क्विड निक्कै आकर्षक, नवीन र किफायती रहेको कम्पनीको दाबी छ । 

हालसम्म कम्पनीले क्विडलाई भारतीय बजारमा २ लाख ५० हजारभन्दा बढि युनिट बिक्री गरिसकेको छ । रेनो क्विड २०१८ नयाँ विशेषता समेटिएपनि कम्पनीले यसको मुल्य भने यथावत राखेको छ । हाल यो कार २ लाख ६७ हजार देखि ४ लाख ६४ हजार भारतीय रुपैयाँसम्ममा बिक्री वितरण भैरहेको छ ।

नेपाली बजारमा रेनो क्विडको मूल्य २२ लाख २४ हजारदेखि २४ लाख ११ हजारसम्म रहेको छ ।  

यस्ता छन् फिचर

यसमा पावर टु वेट रेसियोे, बुट स्पेस, ग्राउन्ड क्लियरेन्स र कटिंग एज टेक्नोलोजीको विशेषता दिईएको छ । यसको अलवा कारमा ७ इन्चको टचस्क्रिन मिडिया एनएभी सिस्टम, रियर क्यामरा, डिजीटल इन्स्ट्रुमेन्ट, वन टच लेनलगायका विशेषता दिइएको छ । 

कारमा इन क्लास फिचरअन्र्तगत बुट स्पेश ३०० लिटर, १८० एमएम ग्राउंड क्लियरेंस, एर्गो (स्मार्ट क्यावीन, मल्टीपल स्टोरेज स्पेस, अप सेगमेंट बडी डायमेंशन, इन्टेरियर स्पेस, सर्भिस पार्टस् मेन्टेन कास्टलगायतका सुविधा दिइएको छ । 

कम्पनीले यस कारमा ५० हजार किलोमिटरको विस्तृत वारेन्टीसमेत दिइएको जनाएको छ । 

नेपालमा कहिले ?

नेपाली सडकमा पनि क्विडको उपस्थिति राम्रो रहेको छ । एड्भान्स अटोमोवाइलले बिक्री वितरण गरिरहेको उक्त कार नेपाली बजारमा २०१८ को अक्टोवरसम्ममा आउने कम्पनीले जानकारी दिएको छ ।


Back_to_top