कलंकी–नागढुंगा र चावहिल–साँखु सडकको विषयमा विभागले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । सडक विभागले सर्वाेच्च अदालतको आदेशबाट अबरुद्ध भएको सडकको चौडाई विस्तारका कार्य तत्काल आरम्भ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

विभागले सवारी साधन र यात्रुले पाएको सास्ती प्रति ध्यानाकर्षण भएको भन्दै तत्काल कंलकी–नागढुंगा र चाबाहिल–जोरपाटी–साँखु सडकको विस्तार गर्ने जनाएको हो । 

विभागका नायब सुब्बा राजन भट्टराईले संचारमाध्यममा सडकको कारण सिर्जना भएको असहजाताबारे प्रकाशित समाचारप्रति ध्यानकर्षण भएको भन्दै विभागले यस्तो निर्णय गरेको बताएका छन् । 

आज एक विज्ञप्ती जारीगर्दै विभागले सडकको चौडाई विस्तारको कामलाई  तत्काल तिब्रता दिँदै सर्वसाधारणको अवातजावतलाई सजह बनाउने उल्लेख गरेको छ । 

सडकको खाल्डाखुल्डी प्याच गर्ने कामसमेत संचालन हुँदै आएको जनाउँदै विभागले स्थानीय बासिन्दा, जनप्रतिनिधी तथा राजनितीक दलसँग सहयोगको लागि अपिल गरेको छ । 

उपत्यका भित्रका मुख्य–मुख्य सडकको विस्तार गरि सडक फुटपाथ र ढललाई व्यवस्थित गराउने योजनासहित काम अगाडि बढाएको विभागलाई सर्वाेच्चले काम रोक्न आदेश दिएको थियो । सर्वाेच्चले सिमा बिवाद, मुआब्जा  लगायतका मुद्धाका कारण सडक विस्तारको काम रोक्न आदेश दिएको हो  । 


Back_to_top