काठमाडौं । इलेक्ट्रीक भेहिकल (ईभी) को नेपालमा चर्चा चलेको ७ वर्ष भयो । विक्रम सम्वत २०७२ सालमा भारतीय नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको आयात प्रणाली नै ध्वस्त भएसँगै नेपाल सरकारले विद्युतीय गाडीमा भन्सार १० प्रतिशत लागने व्यवस्था गर्यो भने अन्तःशुल्क नलाग्ने घोषणा गर्यो । यही कारण नेपालमा विद्युतीय गाडीको आयात गर्ने बाटो खुल्ला भयो ।
यही क्रममा सन् २०११ देखि विद्युतीय गाडी विक्री गर्दै आएको महिन्द्राको आधिकारिक विक्रेता अग्नीले आफ्नो विक्री बढाउँदै लग्यो । सरकारले दिएको सुविधाको कारण ईटूओ मोडलको लोकप्रियता र विक्री दुवै बढेको थियो ।
सन् २०१७ मा बीवाइडी (बिल्ड योर ड्रिम) ब्राण्डले उत्पादन गरेको ठूलो इलेक्ट्रीक क्रसओभर नेपाल आएको थियो । लामो साइज भएकै कारण धेरैले यसलाई ७ सिट क्षमताको एमपीभी भन्ठान्ने गरेको अहिले पनि पाइन्छ । निकै बलियो बडी निर्माण, कम्बस्चन जस्तै निकै बल्की डिजाइन भएको कारण बीवाइडी ई–सिक्सलाई धेरै मानिसले ठूलो इलेक्ट्रीक कार भन्न थालेका थिए ।
हो, त्यही सन् २०१७ मा पहिलो पटक नेपाल आएको बीवाइडी ई–सिक्समा हामीले लामो हाइवे यात्रा सुरू गरेका थियौं । वैशाख २१ गते काठमाडौंको हाँडीगाउँबाट सुरू भएको हाम्रो यात्रा धुलिखेल, सिन्धुली, बर्दिवास, मिर्चैया हुँदै सिरहासम्मको थियो । मधेसमा चुनावको गर्मी बढेको थियो । सडक र चोकमा टाँगिएको राजनीतिक दलको झण्डाले विवाहको घर सिंगारिएको जस्तै भान हुन्थ्यो । हामी दुवै जना पालै पालो गाडी चलाउने अठोटसहित काठमाडौंबाट हिँडेका थियौं र त्यही योजना अनुसार नै हाम्रो यात्रा अगाडि बढ्यो ।
रेन्जका कुरा
हामीले बीवाइडी ई–सिक्स मोडलले ५ वर्षपछि कस्तो रेन्ज दियो भन्ने कुरा परीक्षण गर्नुलाई मुख्य योजना बनाएका थियौं । त्यसैले हाँडीगाउँमा रहेको बीवाइडी पार्कबाट गाडी लिँदा ९२ प्रतिशत चार्ज देखाएको थियो भने ३९२ किलोमिटर रेन्ज देखाएको थियो ।
वर्दिबासभन्दा केही अगाडि लालगढ पुग्दा हामीले २०७ किलोमिटरको यात्रा पूरा गरेका थियौं ।
सुरूमा ९० प्रतिशतभन्दा बढी चार्ज भएको कारण रिजेनेरेशन सिस्टमले काम नगर्ने रहेछ । जब चार्ज ८८ प्रतिशतभन्दा कम हुन्छ, त्यसपछि मात्रै यसले रिचार्ज सुरू गर्ने रहेछ । काठमाडौंबाट १२ बजेर १५ मिनेटमा सुरू भएको यात्रा २ बजेर ३० मिनेट जाँदा नेपालथोक पुग्यो । धेलिखेलबाट ओरालो बाटो धेरै भएको कारण यहाँ पुग्दा गाडीमा ७० प्रतिशत चार्ज बाँकी थियो ।
अब बाटोमा ओरालोभन्दा उकालो धेरै थियो । त्यहाँबाट सिन्धुलीको खनियाखर्क पुग्दा गाडीले करिब २५ प्रतिशत चार्ज खर्च गरेको थियो । सिन्धुलीगढी पुगेर हेर्दा ४५ प्रतिशत चार्ज बाँकी थियो । त्यसपछि केही ओरालो र अरू सिधा बाटो थियो । सिन्धुलीगढीबाट १६ प्रतिशत चार्ज खर्च गरेर हामी बर्दिबास पुगेका थियौं । वर्दिबासभन्दा केही अगाडि लालगढ पुग्दा हामीले २०७ किलोमिटरको यात्रा पूरा गरेका थियौं ।
अब आयो चार्जिङको कुरा
लालगढको बौवा होटलमा बीवाइडीको चार्जर राखिएको रहेछ । बौवा लालगढमा उत्कृष्ट खानाको लागि परिचित होटल हो । लालगढमा बौवाको दुई होटल छन् । एउटा खाना खाने छाप्रो र अर्को वासको व्यवस्था सहितको आधुनिक होटल । चार्जर आधुनिक होटलमा रहेछ ।

साइमेक्स इंकले ४० किलोवाट क्षमताको एसी चार्ज त्यहाँ जडान गरेको रहेछ । बेलुकाको ६ बजे र ३० मिनेट जाँदा हामी होटलमा पुगेका थियौं । त्यसैले करिब एक घण्टा चार्ज गर्ने निधो गरियो । हामीले गाडी ५५ मिनेट चार्ज गर्यौं । २९ प्रतिशत बाँकी चार्ज पहिल्यै थियो । ५५ मिनेटमा अर्को ५५ प्रतिशत चार्ज थपिएर ८४ प्रतिशत पुगेछ ।
त्यहाँ चार्ज गर्दा ४२ यूनिट विद्युत खपत भएछ । होटलले प्रति यूनिट १५ रुपैयाँमा चार्ज गर्ने सुविधा दिएका रहेछन् । उनको होटलमा सबै किसिमका पेमेन्टको माध्यम चल्ने भएको कारण हामीले कार्डबाट ६३० रुपैयाँ भुक्तानी गरेर सिरहातर्फको यात्रा सुरू गर्यौं ।
समथर बाटोमा राम्रो रेन्ज
हामीले सधैं हाइवेमा ईभीको रेन्ज कम आउँछ भन्ने गरेका छौं । त्यो एक्सेलेरेसनको कारण भनिएको हो । सिधा बाटोमा पूरै स्पीडको लागि एक्सेलेरेसन गरेको खण्डमा ब्याट्री घट्छ । तर, नेपालमा त्यस्तो हाइवे नै छैन जहाँ गाडी थिचेको थिचै गर्न मिलोस् । त्यसैले हाइवेका इन्ट्रुमेन्ट क्लष्टरमा देखाएको रेन्ज बराबर नै पाउनेगरी गाडी चलाउन सकिन्छ । लागढबाट सिराहाको करिब ८५ किलोमिटर यात्रामा हामीले त्यो परीक्षण गरेका थियौं र पाएको रिपोर्ट पनि त्यही हो ।
त्यहाँ पुगेपछि सुरू भएको ईभी चढ्ने दुःख ।
हामीले भोलिपल्ट सिरहा बस्ने निधो गर्यौं । चुनावको प्रचारप्रसार तीव्र भएको समयमा सिरहा नगरपालीकाको केही वडामा जाने निधो गरियो । ईभी चलाएर गाउँ पसियो । हामीले ईभीमा ४० प्रतिशत चार्ज बचाउने योजना बनाएका थियो । त्यही अनुसार ४० प्रतिशतमा झरेपछि गाडी थन्कायौं ।
सिराहाबाट काठमाडौंको यात्रा
बिहान करिब ८ बजे हामी सिराहाबाट काठमाडौं लागि हिँड्यौं । गाडीमा ४० प्रतिशत चार्ज थियो । करिब २० प्रतिशत चार्ज बाँकी रहँदै लालगढ आउने हाम्रो योजना थियो । त्यसैले जानकी अटोमोबाइल्सका अध्यक्ष सन्तोष साहलाई भेट्ने निधो गरियो ।
जनकपुरको ढल्केबगरमा कोमल होटेल संचालन गरिरहेका साहले केही महिना अघि सुरू गरेको होटलमा रोकियौं । त्यतिबेला हाम्रो गाडीमा २३ प्रतिशत चार्ज बाँकी थियो । करिब १ घण्टा साहसँग कुराकानी पछि हामी लालगढको बौवा होटल पुग्यो । करिब १० बजेर ३५ मिनेट जाँदा हामी त्यहाँ पुगेका थियौं । त्यहाँ पुगेपछि सुरू भएको ईभी चढ्ने दुःख ।
ईभी चढ्नेका दुःख
अहिले हाइवेमा ईभी लिएर हिँड्दा पाइने मुख्य दुःख भने धेरै ठाँउमा चार्जिङ स्टेशन नहुनु हो । लालगढमा बत्ती रहेन छ । गाडीलाई चार्जिङ गर्ने स्थानमा पार्किङ गरेपछि होटल संचालकलाई गएर बत्तीको अवस्था सोध्यौं । उनले करिब २० मिनेटपछि आउने बताएका थिए ।
९० मिनेटमा गाडीमा ९८ प्रतिशत चार्ज पुग्यो । त्यसपछि हामी ३ बजेर ४५ मिनेट जाँदा त्यहाँबाट हिड्यौं ।
करिब १ घण्टा कुरेपछि पनि बिजुली नआएपछि हामी आफैं फोन गर्न थाल्यौं । बर्दिवास नो लाइटले ढल्केवर वितरण केन्द्रबाट प्रसारण लाइन जलेको जानकारी आयो । त्यसपछि उनले बनाउन करिब २ घण्टा लाग्ने जानकारी दिए । हामीले पहिल्यै एक घण्टा कुरेका थियौं । थप २ घण्टा बत्तीको लागि कुर्नुपर्ने अवस्था आयो ।
करिब २ बजेर १५ मिनेट जाँदा बिजुली आयो । गाडीको चार्ज सुरू भयो । पहिल्यै गाडीमा २१ प्रतिशत चार्ज भएको कारण १०० प्रतिशत बनाउने योजना बनायौं । हामीले ९० मिनेट गाडी चार्जमा राखेर पौने ४ बजे हिँड्ने निधो गर्यौं । एसी चार्जरले पनि ८० प्रतिशतभन्दा माथि लागेपछि केही स्लो चार्ज गर्ने रहेछ । ९० मिनेटमा गाडीमा ९८ प्रतिशत चार्ज पुग्यो । त्यसपछि हामी ३ बजेर ४५ मिनेट जाँदा त्यहाँबाट हिड्यौं ।
फर्किँदाको उकालो र रि जेनेरशेसन
उताबाट आउँदा ओरालोभन्दा उकालो धेरै पर्छ । त्यसैले यसको रिचार्ज परीक्षण गर्ने निधो गरियो । मिलाएर चलाउँदा १ किलोमिटर ओरालोमा १ किलोमिटर नै रिचार्ज हुँदो रहेछ ।
नेपाल थोकबाट त धुलिखेलसम्म नै उकालो भएको कारण गाडीले राम्रै चार्ज खायो । धुलिखेल हुँदै काठमाडौंको थलीमा गाडी लिएर गयौं । राती थलीमा गाडी राखेर भोलिपल्ट हाँडीगाउँमा रहेको बीवाइडी पार्कमा लगेर गाडी छाड्यौं । हामीले गाडी छाड्दा २५ प्रतिशत चार्ज बाँकी थियो ।
अन्त्यमा, हामीले चलाएको बीवाइडी ई–सिक्समा ८० किलोवाट क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको थियो । यो ब्याट्री रेन्जको लागि होइन, सुरक्षाको लागि परिचित रहेको छ । त्यतिबेला चीनमा सार्वजनिक यातायातमा प्रयोग गर्न बनाइएको यो ब्याट्री अहिले पनि बसहरूमा प्रयोग हुँदै आएको छ ।
बीवाइडीले अहिले आधुनिक कारको लागि ब्लेड ब्याट्री तयार गरेको छ । तर, पुरानो मोडल भएकोले यसमा पुरानै ब्याट्री पाउन सकिन्छ । कम्पनीले त्यतिबेला ४०० किलोमिटर रेन्ज दाबी गरेर विक्री गरेको यो मोडलले अहिले पनि नेपालको सबै किसिमका बाटोमा परीक्षण गर्दा ३२५ किलोमिटर रेन्ज दिने हामीले पायौं । अहिले पनि बजारमा उपलब्ध ईभीमा कम्पनीले भनेकोभन्दा २५ देखि ३५ प्रतिशतभन्दा कम रेन्ज दिने गर्छन् । यस्तोमा ५ वर्ष पुरानो गाडीले दिएको रेन्जलाई ठीक होइन, उत्कृष्ट मान्नु पर्छ ।

