५ तस्विरमा राष्ट्रपतिको संसद भवन यात्रा

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सरकारी निवास शितल निवास पानीपोखरीबाट संघीय संसद भवन नयाँ वानेश्वरसम्म यात्रा गरेकी छन् ।

अघिल्लो संसद विगठन भएको कारण सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भएको थिएन ।

आज राष्ट्रपतिको कारगेडमा एक दर्जन गाडी र एक दर्जन मोटरसाइकलको प्रयोग भएको थियो । राष्ट्रपतिको कारगेडमा सुजुकी भि स्ट्रोम मोटरसाइकलको प्रयोग गरिएको थियो । राष्ट्रपतिले मर्सिडिज कारमा यात्रा गरेकी थिइन् ।


Back_to_top