काठमाडौं । यामाहाको बहु प्रतिक्षित मोटरसाइकल नेपालमा सार्वजनिक हुने भएको छ । यामाहाको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले यामाहा एफजेडएक्स भोलि सार्वजनिक गर्ने भएको हाे ।
सार्वजनिक भए पश्चात भोलिदेखि नै एफजेडएक्सको विक्री सुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले यो मोटरसाइकलको मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तो छ मोटरसाइकल
एफजेडएक्स रेट्रो लुक मोर्डन डिजाइनमा निर्माण गरिएको मोटरसाइकल रहेको छ । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेड ल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजि आधारित धेरै फिचर रहेको छन् ।
कम्पनीले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल दिएको छ । एफजेडएक्समा कम्पनीले ब्लुटुथ भेरियन्टसमेत दिएको छ । साथै, यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
यसका अलावा एफजेडएक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।

