डिजेल र पेट्रोलमा लाग्ने कर १० रुपैयाँ घटाइँदै

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर १० रुपैयाँ घटाउने भएको छ । चौतर्फी विरोध भएपछि सरकारले डिजेल र पेट्रलमा लाग्ने करमा १० रुपैयाँ घटाउने भएको हो ।

जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको कर घटाउन सैद्धान्तिक सहमति दिएको हो ।

कुन शिर्षकको कर कति घटाउने भन्ने निर्णय नभए पनि पूर्वाधार कर ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

हाल सरकारले पेट्रोलमा प्रतिलिटर ६३.२३ रुपैयाँ र डिजेलमा ४५.९१ रुपैयाँ कर अशुल्दै आएको छ ।अहिले पेट्रोलमा प्रतिलिटर २५.२३ रुपैयाँ भन्सार शुल्क र पूर्वाधार करबापत थप १० रुपैयाँ शुल्क भन्सार बिन्दुमै उठाइन्छ ।

यसैगरी, डिजेलमा भन्सार शुल्क १२.२ रुपैयाँ र पूर्वाधार करबापत १० रुपैयाँ उठाइँदै आएको छ ।


Back_to_top