काठमाडौं । हुन्डाईको ‘सब-कम्याक्ट एसयूभी’ भेन्यूको फेसलिफ्ट मोडल पहिलेको तुलनामा अगाडिको फेसिका पुरै फरक देखिएको छ । कम्पनीले आगामी जुन १६ तारिखमा भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो ।
हुन्डाईले भेन्यूलाई ३ वर्षपछि फेसलिफ्ट गर्न लागेको हो । कम्पनीले फेसलिफ्ट भेन्यूको टिजर भिडियो सार्वजनिक गरेर तयार भएको संदेश दिएको हो ।
फेसलिफ्ट भेन्यू युवापुस्ता केन्द्रित रहेको छ । यसको डिजाइनमा हुन्डाईको टुसानको प्रभाव राम्रैसँग देख्न सकिन्छ । यसको अगाडि ग्रिलमा नयाँ डार्क क्रोमको प्रयोग भएको छ । यसको हेडल्याम्पलाई पनि नयाँ लुक्स दिइएको छ । भेन्यूमा नयाँ बम्परको साथै नयाँ डिजाइनको अलोय ह्वील समेत दिएको छ ।
हुन्डाईले भेन्यूको अगाडिभन्दा धेरै पछाडिको भागमा परिवर्तन गरेको देखिन्छ । भेन्यूको पछाडि एलइडी टेलल्याम्पको साथै दुबै तर्फको टेललाइटलाई पातलो एलइडी स्ट्रीपले जोडेको छ । यसले यसको पछाडि भाग निकै आकर्षक देखिएको छ । तल बम्परमा सिल्भर कलरको स्कीड प्लेट समेत दिएको देखिन्छ ।

सार्वजनिक भएको भिडियोमा क्याविनको बारेमा केही पनि देखाइएको छैन । यसको टप भेरियन्टमा नयाँ डिजाइनको १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, भेन्टीलेटेड फ्रन्ट सिट, बोसको साउण्ड सिस्टम, एम्बीयन्ट लाइटका साथै ३६० डिग्री क्यामरा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

