कारसमेत बगाएको लुबु खोलाले भत्काएको बाटो सन्चांलनमा

काठमाडौं । लुबुमा केहि दिन अघि बाढिले अबरुद्ध भएको बाटाे बिहिबार दिउँसोदेखि सामान्य रुपमा सन्चालनमा आएको छ ।

केहि दिन अघि ललितपुरको लुभु क्षेत्रमा आएको बाढीले खोला नजिकै रहेको  एसयुभी गाडी नै बगाएको थियो । उक्त कार ९ घन्टा पछि मात्र निकाल्न सकिएको थियो भने अहिले पानीको बहाव घटेपछि हिमपाइप राखेर मोटरबाटो सन्चालनमा ल्याइएको छ ।

यो पनि पढ्नुहोस्:यसरी निकालियो लुभुमा बगाएको कार, पानीमा डुवे यसो गर्नुस् क्षति कम हुन्छ

अधिल्लो महिना भक्तपुरको ठूलो क्षेत्र डुवान परेको थियो भने अहिले पनि शो क्षेत्रमा डुवानको समस्या रहेको छ ।


Back_to_top