बजाज प्लाटिना डिस्क ब्रेक र १२५ सीसीमा आउने

बजाजको लोकप्रिय बाइक प्लाटिना अब नयाँ अबतारमा आउने  भएको छ । बजाजले आफ्नो सर्वाधिक बिक्री हुने प्लाटिनामा अब डिस्क ब्रेक दिने भउको छ । 

कम्पनीले यसको उत्पादन पछि भारतीय सडकमा हालै प्लाटिनाको डिस्क ब्रेक भर्सन टेस्टिङ गरिरहेको भारतीय मिडियाले जनाएका छन् । 

बजाजको पुणे प्लान्ट नजिक उक्त बाइक टेस्टिङको क्रममा सडकमा देखिएको थियो । डिस्क ब्रेक बाहेक यो बाइकको बाहिरी आवरणमा पनि परिवर्तन गरिएको जानकारी आएको छ । प्लाटिनमा प्रयोग गरिएको ब्रेक बजाज डिस्कभर १२५मा प्रयोग भएको डिस्क ब्रेकनै हुने छ । यो बाइकको नयाँ लेआउट पनि डिस्कभर १२५ बाट प्ररित रहेको अनुमान गरिएको छ ।  साथै, कम्पनीले प्लाटिना बाइकलाई १२५ सीसीको इन्जिनमा ल्याउन सक्ने जनाइएको छ । 

हाल उपलब्ध रहेको प्लाटिना १००सीसी इन्जिन क्षमताको रहेको छ । यो इन्जिनले अधिकतम ८.१ बीएचपी पावर तथा ८.६ एनएम टर्क उत्पादन गर्छ । 


Back_to_top