विश्वका १० उत्कृष्ट इलेक्ट्रीक कार, तपाईको रोजाईमा कुन ?

अटो निर्माता कम्पनीहरुले समयको माग र आवस्यकतालाई ध्यानमा राख्दै इलेक्ट्रीक भेइकल उत्पादनलाई बढवा दिँदै आएका छन् । 

ग्यासोलीन सवारी सधानको विकल्पको रुपमा इलेक्ट्रीक सवारीसाधनलाई चुन्ने ग्राहकको संख्या दिन दिनै बढ्न थालेको छ ।  विश्वका उत्कृष्ट इलेक्ट्रीक भेइकलको उत्पादनका हेतु कम्पनीहरुले अर्बौ लगानी गरिरहेका छन् । अहिले अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेका १० इलेक्ट्रीक कारहरु यस्ता छन् । 

यो पनि पढ्नुस्: नेपाल आयो पल्सर–१५० ट्वीन डिस्क, यस्तो छ परिर्वतन (मूल्यसहित)

हुन्डाई आयोनिक


हाइब्रिडका साथै प्लगइन विशेषतासहित निर्माण भएको हुन्डाई कम्पनीको इयोनिक इलेक्ट्रीक कारको मुल्य ३० हजार अमेरिकी डलर तोकिएको छ । इलेन्ट्रा जस्तै सामान्य कारको आकारमा निर्माण गरिएको यो हुन्डाइ इयोनिक निक्कै आकर्षक रहेको छ । यो कारले एक पटकको फुलचार्जमा २०० किलोमिटर माइलेज दिने छ । 

स्मार्ट इक्यु फर टु 


स्मार्ट कम्पनीको इलेक्ट्रीक कार मोडल ‘इक्यु फर टु’ चर्चित इलेक्ट्रीक भेइकल हो । अमेरिकन कम्पनीद्धारा उत्पादन गरिरहेको यो मोडलमा १७.६ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ ।  कारमा तीन फेजको सिन्क्रोनाइज मोटर दिइएको छ । एक पटक चार्जमा कारलाई ९३ किलोमिटरसम्म चलाउन सकिन्छ । 

फियात ५०० ई


फियात ५०० इको बनावट निक्कै आकर्षक रहेको छ । आइकोनिक नेम प्लेटका साथै कारमा विशेष किसिमको इनटेरियर दिइएको छ ।  एक पटकको फुलचार्जमा कारलाई १३५ किलोमिटरसम्म चलाउन सकिन्छ । 

किया शोल इभी 


बनावट तथा स्टाइलको कारण निक्कै चर्चित मोडल ‘किया शोल’ उत्कृष्ट इलेक्ट्रीक कारको सूचीमा परेको छ । फुलचार्जमा १७९ किलोमिटर ड्राइभिङ रेञ्ज रहेको यो मोडल फन्की स्टाइलमा निर्माण गरिएको आर्कषक कार हो । 

निशान लिफ


इलेक्ट्रीक भेइकल अन्र्तगत उत्कृष्ट मोडलको रुपमा परिचित निशान लिफमा अत्याधुनिक विशेषता समेटिएका छन् । जापानी अटो निर्माताले २०१० मा नेमप्लेटसहित यो मोडल बजारमा ल्याएको थियो । यसमा भर्सटायल क्याबिनको विशेषता दिइएको छ । निशान लिफलाई एक पटक फुलचार्ज गर्दा २४३ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको मूल्य ३० हजार अमेरिकी डलर तोकिएको छ ।

सेभ्रोले बोल्ट


६० किलोवाट लिथीएम आयान ब्याट्री लगाइएको बोल्टलाई सिंगल चार्जमा ३८३ किलोमिटर माइलेज दिने छ । साथै, यो कारमा १० हजार माइलको वारेन्टीसहित अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण भइरहेको छ । भने, सेभ्रोले बोल्टको मुल्य निशान लिफको भन्दा ३७ हजार ५ सय अमेरिकी डलर रहेको छ । 

फक्सवागेन इ–गल्फ 


फक्सवागेनको आकर्षक इलेक्ट्रीक कार इ–गल्फमा प्रिमियम इन्टेरियर, जेनेरियोस कार्गाे स्पेस, इंगेजिङ डाइनामिक, स्मुथ एन्ड साइलेन्ट ड्राइभट्रेन लगायतका विशेषता दिइएको छ । डिजिटल इन्स्ट्रुेमन्ट क्लस्टरलगायतका विशेषता दिइएको यो कारले फुलचार्जमा २०१ किलोमिटरसम्म माइलेज दिने छ । 

टेस्ला मोडल एस 


टेस्लाको इलेक्ट्रीक मोडल एसलाई उत्कृष्ट इ–कारको रुपमा लिइन्छ । लक्जरी सेडानको विकल्पको रुपमा लिइने यो कारलाई सिंगल चार्जमा ४१७ किलोमिटर सम्म चलाउन सकिन्छ ।  

बिएमडब्ल्यु आइ थ्रि 


बिएमडब्ल्युको आइ थ्रि इलेक्ट्रीक भेइकलको उत्कृष्ट मोडलको रुपमा परिचित रहेको छ । यसलाई फुल चार्जमा १८३ किलोमिटरसम्म चलाउन सकिन्छ भने, यसमा ३३ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ । 

ज्यागुअर आई पेश


आकर्षक क्रशओभर, सकिङ पफरर्मेमन्ससहित निर्माण भएको ज्यागुअर आई पेशमा दुई वटा मोटर लगाईएको छ । जसले ४०० हर्ष पावरका साथै ५०० पाउन्ड फिट टर्क उत्पादन गर्छ । लक्जरी इ कार ज्यागुअर आई पेशमा ९० किलोवाटको लिथीयम आयान ब्याट्री लगाइएको छ, यसले फुल चार्जमा ३८६ किलोमिटरसम्म माइलेज दिनेछ । 


Back_to_top