हिरोको मोटरसाइकल किन्नेलाई निकै सस्तो ब्याजदरमा कर्जा

काठमाडौं । हिरो मोटरसाइलको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी नेपाल जनरल मार्केटिङ (एनजीएम) ले फाइनान्स स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ९ प्रतिशत ब्याजदरमै मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको यो फाइनान्स स्कीममा ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दासमेत ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

यो योजनामा मोटरसाइकल खरिद गर्दा ग्राहकले कम्पनीले तोकेको समयमा नै मासिक किस्ता बुझाएर ४ प्रतिशत ब्याज रकम फिर्ता पाउन सक्नेछन् । यो फाइनान्स स्कीममा एनजीम हिरोले १३ प्रतिशत ब्याज लिनेछ । त्यसमा ४ प्रतिशत ब्याज फिर्ता पाउँदा ९ प्रतिशत हुन आउँछ ।

यो फाइनान्स स्कीम नेपालभर रहेको हिरोको आधिकारीक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो स्कीममा ग्राहकले हिरोका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

यो स्कीममा हिरोको एक्सपल्स २०० फोर भी खरिद गर्दा ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । ग्राहकले १ लाख ८० हजार डाउन पेमेन्ट गर्नु पर्छ । बाँकी रकम १३ प्रतिशत ब्याजसहित २४ महिना भित्र बुझाउनु पर्ने हुन्छ । मासिक किस्ता बारे बुझ्न यहाँ क्लिक गुर्नहोस् ।


Back_to_top