ईभीको बजार माग बढेसँगै नेक्सन नेपालमा सर्वाधिक विक्री हुने एसयूभी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी नेपालमा सर्वाधिक विक्री हुने एसयूभी भएको दावी गरेको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै नेक्सन नेपालमा सर्वाधिक विक्री हुने एसयूभी बनेको दावी गरेको हो ।

सन् २०१८ देखि नेपालमा विक्री हुँदै आएको नेक्सन पछिल्ला दिनमा भारतमा पनि सर्वाधिक धेरै यूनिट विक्री हुने एसयूभी बनिरहेको छ । यो तथ्यांकमा दुबै देशमा ईभीको महत्वपूर्ण भूमिका देखिन्छ । अझ नेपालमा बढी भूमिका ईभी छ भन्दा फरक पर्दैन ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सेडान र ह्याचब्याक कारभन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले ग्राहकले धेरै खोज्न र किन्न थालेका छन् । विभिन्न एसयूभी ब्राण्डहरु बीचको तिब्र प्रतिस्पर्धामा नेक्सन अन्यभन्दा बढी कुशल एवं विश्वसनीय सावित हुनुको पछाडि तीन महत्वपूर्ण कारण छन् । मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षाले नेक्सनलाई अब्बल बनाएको हो ।’

टाटा नेक्सनमा १२०० सीसी क्षमताको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सीसीको डिजेल इन्जिनको साथमा इलेक्ट्रीक अप्सनमा समेत पाउने भएकै कारण यसले सफलता पाएको हो । नेपाल आएको एक वर्षमा नै करिब ७ सय यूनिट नेक्सन ईभी विक्री भएको छ ।

देशभर १८ भन्दा बढी फास्ट चार्जिङ स्टेशन र १२० भन्दा बढी स्लो चर्जिङ संजालसहित ईभी विक्री वितरण गर्दै आएको छ ।


Back_to_top