हुन्डाईको ईभी प्रयोग बढाउने र वातावरण जोगाउने अभियान ‘बीईभी दी चेन्ज’

काठमाडौं । हुन्डाई मोटर्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उपत्यका भित्रको रोतोमाटे डाँडा सामुदायिक वनसँगको समन्वयमा २०० भन्दा धेरै विरुवा रोपेको छ । कम्पनीले आफ्नो ‘बीईभी दी चेन्ज’ अभियान अन्तर्गत वृक्षारोपण गरेको हो ।

यस अभियानमा सहभागिता जनाउन हुन्डाई मोटर्सका उत्पादन कोना र आयोनीकका ग्राहकहरु पुगेका थिए । करिब ४० वटा विद्युतीय गाडीमा १५० भन्दा बढी मानिसको सहभागिता रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

हुन्डाई नेपालको ‘बीईभी दी चेन्ज’ कार्यक्रम कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य(बद्धता गर्ने पहल स्वरूप ल्याईएको हो। बीईभी अर्थात् ब्याट्री इलेक्ट्रीक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा बीईभीले हरेक व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्ने कम्पनीको विश्वास छ।

गतवर्ष सेप्टेम्बरमा हुन्डाई मोटर्स कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाख भन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।


Back_to_top