काठमाडौं । विश्वमै चर्चित लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपाली बजारमा पुनः विक्री सुरु भएको छ । यसअघि कमर्शियल गाडीमा निकै सफल मानिएको ब्रिटिश आइकोनिक लुब्रिकेन्ट ब्रान्ड डकहम्सलाई ओटेक ट्रेड प्रालिले नेपाल ल्याएको हो ।
डकहम्सले सन् २०२० मा नै ओटेक ट्रेडलाई एजेन्सी नियुक्त गरेको थियो । त्यसपछि ओटेकले डिलर विस्तार लगायतका काम गरेको थियो । सन् १८९९ मा अलेक्जेंडर डकहम्सले सुरु गरेको ब्रण्डले एक शताब्दीभन्दा लामो इतिहासमा उड्डयन क्षेत्रमा अग्रगामी इन्जिनियरिङ विकासहरू, भू–गतिको रेकर्ड तोड्ने, र प्रतिष्ठित मोटर स्पोर्टमा अलग पहिचान बनाएको छ ।
युरोपकै पहिलो मल्टी ग्रेड आयल भनिएको डकहम्स विश्व प्रसिद्ध ब्राण्ड रोल्स रोयस, बेन्टले, एस्टिन मार्टिन, रेन्जरोभर जस्ता ब्राण्डहरुको रोजाईमा पर्न सफल भएको थियो । विश्व बजारमा उपलब्ध एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरिसकेको छ ।
डकहम्सको विक्री सुरु गर्दै ओटेक ट्रेड प्रालिका कार्यकारी निर्देशक बिन्यास न्यौपाने ग्राहकको माया चाँडै पाउने विश्वसा ब्यक्त गरे । उनले भने, ‘हामी आफ्नो विगत र वर्तमानसँग जानकार छौं । ग्राहकको खोजीकै कारण हामीले यसलाई नेपाल ल्याउका हौं । सन् २०२० मा भएको लकडाउन बीच पनि ठूलो नेटवर्क हामीले बनायौं । अब तिब्र गतिमा विक्री सुरु गछौं ।’
डकहम्स १२३ बर्ष पुरानो ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड हो । जुन लुब्रिकेन्ट क्षेत्रमा थुप्रै प्राविधिक विकास र अनुषन्धानको लागि परिचित छ । नेपाली बजारमा डकहम्स मेकानिक र सवारी साधन प्रेमीहरूद्वारा राम्रोसँग चिनिने ब्रान्ड हो । बढ्दो बजार र विश्वस्तरीय लुब्रिकेन्ट ब्राण्डको ग्राहकको मागले नेपाललाई डकहम्स लुब्रिकेन्ट इन्टरनेशनलले प्राथमिक बजारको रुपमा समावेश गरेको कम्पनीले जनाएको छ ।
यसलाई नेपालमा विक्री गर्ने ओटेक ट्रेड विभिन्न क्षेत्रमा १५ वर्षभन्दा लामो काम गरेको अनुभव बोकेको प्रमुख व्यापार समूह हो । कम्पनीसँग सूचना प्रविधि, पूर्वाधार र ऊर्जाको क्षेत्रमा प्रमाणित अन्तर्राष्ट्रिय र घरेलु ट्र्याक रेकर्ड छ । कम्पनीले यूएईबाट डकहम्स लुब्रिकेन्ट सिधै आयात गर्ने जनएको छ ।


