काठमडौं । सन् २०२१ मा विश्व बजारमा आएको हुन्डाई आयोनिकले एकपछि अर्को अवार्ड हात परिरहेको छ । हुन्डाईको अल इलेक्ट्रीक प्लेटफर्ममा बनेको आयोनीक ५ ले ‘ईभी अफ दी इयर २०२२’ को अवार्ड जित्न सफल भएको हो ।
कार एण्ड ड्राइभले दिएको ईभी अफ दी इयर २०२२ अघि पनि आयोनीकले निकै प्रसिद्ध अवार्डहरु हात परिसकेको थियो । आयोनीक ५ ले यसअघि ‘२०२२ वर्ल्ड कार अफ दी अवार्ड, आईआईएचएस टप सेफ्टी पीक अवार्ड जस्ता अवार्ड जितेको थियो ।
कार एण्ड ड्राइभले आयोनीक ५को इनोभेटीभ डिजाइनले इम्प्रेस भएको उल्लेख गर्दै यसको मोर्डन र हाइ फङ्सनल इन्टेरियरको प्रशंसा गरेको छ । यसको क्यावीन उपलब्ध ठूलो स्पेश र ८०० भोल्ट आर्किटेक्चर जुरीले मन पराएका थिए ।
हुन्डाई आयोनीक ५ ईभीको रेन्ज, चार्जिङ, एक्सीलेरेशन तथा ओभरअल ड्राइभिङ एक्सपीरीयन्स आकर्षक रहेको छ । हुन्डाई आयोनिक ५ ले ३५० किलोवाट क्षमताको डिसी चार्जर सर्पोट गर्छ ।
नेपालमा पनि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनीक ५ विक्री गर्दै आएको छ । नेपाल आएको छोटो समयमा नै ग्राहकको मन जित्न सफल आयोनीक ५ १ करो १६ लाख मूल्य तोकेर विक्री हुँदै आएको छ ।


