काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले हंशराज हुलानचन्द एण्ड कम्पनीले कम डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ । कम्पनीले २५ प्रतिशत मात्र डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सकिने स्कीम सार्वजनिक गरेको हो ।
यो स्कीम अन्तर्गत बजाज पल्सर २२० एफको एबीएस भर्सन १ लाखभन्दा कम डाउन पेमेन्टमा नै खरिद गर्न सकिने छ ।
यो स्कीममा ग्राहकले बजाज पल्सर २२० एफको एबीएस भर्सन खरिद गर्न चाहेमा डाउन पेमेन्ट ९८हजार ७२५ रुपैयाँ बुझाउन पर्ने हुन्छ । बाँकिको ७५ प्रतिशत रकम ग्राहकले २४ महिनाको अबधिमा बुझाउनु पर्ने हुन्छ भने १२ प्रतिशत ब्याजदर बुझाउनु पर्नेछ ।
यसरी २५ प्रतिशत डाउन पेमेन्ट गरेर बाँकि रकम ग्राहकले मासिक रुपमा १३ हजार ९४२ रुपैयाँका दरले २४ महिना बुझाउनु पर्ने हुन्छ ।
बजाज पल्सर २०० एफको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै लो इएमआइ मार्फत ५० प्रतिशत डाउन पेमेन्ट गरेर ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सकिन्छ । यसमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट बाहेकको ५० प्रतिशत रकम १८ महिना भित्र बुझाउन सक्नेछन् । यसमा ग्राहकले मासिक ११ हजार ७६८ रुपैयाँ बुझाउनु पर्छ ।
यस्तो छ मोटरसाइकल
पल्सर २२० एफमा २२० सीसी डिटिएसआई, आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा अधिकतम २१ पीएस पावरका साथै ७००० आरपीएममा १९.१२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।
यस मोटरसाइकलको टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ । दुबै चक्कमा डिस्क ब्रेक दिइएको यो मोटरसाइकल एबीएस फिचर उपलब्ध रहेको छ ।
१५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।

