नेपाली मोटरसाइकल उत्पादक कम्पनीले माग्यो २५ पदमा कर्मचारी

काठमाडौं । नेपाली अटोमोवाइल उत्पादक कम्पनी यात्रीले धरै संख्यामा जनशक्ति माग गरेको छ । कम्पनीले २५ पदका लागि कर्मचारी माग गरेको हो ।

यात्री स्टुडियो नेपालमा नै मोटरसाइकल उत्पादन गर्ने कम्पनी हो । कम्पनीले विभिन्न पदमा इन्जिनियर, टेक्निसियन, मेनेजर, फाइनान्स हेड जस्ता पदका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीको आधिकारीक वेवसाइटमा गरेर योग्यता पुगेका जो कोहीले आवेदन दिन सक्नेछन् । यात्रीले माग गरेको विभिन्न पदका बारे जानकारी लिन तथा आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस्

यात्री स्टुडियोले २०१९ मा पहिलो पटक यात्री ‘पी-०’ को प्रोटोटाइप सार्वजनिक गरेको थियो । त्यसपश्चात् कम्पनीले २०२१ अप्रिलमा नयाँ मोडल मोटरसाइकल यात्री ‘पी-१’ र पी-० को एकै पटक विक्री सुरु गरेको थियो ।

हाल कम्पनीले दुई मोडलका मोटरसाइकल उत्पादन र विक्री वितरण गर्दै आएको छ । कम्पनीले लिमिटेड एडिशन पी-० र एड्भेन्चर डिजाइनको पी-१ मोडल उत्पादन गर्दै आएको छ । कम्पनीले चाँडै नै इलेक्ट्रीक स्कुटर ल्याउने तयारी गरिरहेको छ ।

हाल यात्रीमा सम्पुर्ण जनशक्ति नेपाली नै रहेका छन् । कम्पनीले थप कमदार माग गरे पश्चात् कम्पनीले आफ्नो उत्पादन क्षमता वृद्धि गर्न लागेको अनुमान गर्न सकिन्छ । यात्री पी १ को माग उच्च रहेको छ भने उत्पादन कम भएका कारण ग्राहकले माग अनुसार मोटरसाइकल किन्न पाइरहेका छैनन् ।


Back_to_top