काठमाडौं । टाटा मोटर्सले मिड साइज सेग्मेन्टमा छिट्टै नयाँ एसयूभी बजारमा ल्याउने चर्चा सुरु भएको छ । भारतीय चर्चित ब्राण्ड टाटाले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा कुप्पे डिजाइनको गाडी ल्याउन लागेको हो ।
आगामी जनवरीमा हुने अटो एक्स्पो २०२३ मा टाटाले ४.३ मिटर साइजको एसयूभी बजारमा ल्याउने छ । टाटा नेक्सनबाट प्रेरित रहने यो एसयूभीको एक्स–वान आर्किटेक्चरमा बन्ने छ । टाटा नेक्सन पनि यही प्लेटफर्ममा तयार भएको सब फोर मिटर एसयूभी हो ।
सम्भवत टाटाले नयाँ कम्प्याक्ट एसयूभीको नाम व्ल्याकबर्ड राख्ने अनुमान गरिएको छ । टाटाले यसमा १.५ लिटर क्षमताको फोर सिलिण्डर पेट्रोल र १.५ लिटरकै डिजेल इन्जिन यसमा पाउन सकिने छ । नेक्सनकै प्लेटफर्ममा बनेको भएपनि यसको ह्वीलवेस ५० एमएम लामो छ ।
यसको अगाडिको भाग अन्य मोडलभन्दा पृथक हुनेछ । यसमा पछाडिको ढोका अगाडिको भन्दा लामो तथा स्लोप रुफलाइन रहनेछ जसका कारण ठूलो साइजको बुटस्पेश पाउन सकिन्छ । यो एसयूभीमा रियर प्यासेन्जरको लेगरुम समेत निकै ठूलो हुने बताइन्छ ।
टाटा मोटर्सले केही महिना अघिमात्र कुप्पे डिजाइनको ईभी कर्भ र अभिन्या कन्सेप्ट सार्वजनिक गरेको थियो । टाटाको सर्वाधिक सफल नेक्सन र ह्यारीयरको फिचर मिलाएर नयाँ मोडल बजारमा आउने छ ।

