सुजुकी एभेनिस रिभ्यू : पर्फमेन्स, फिचर र माइलेजको बेजोड मिश्रण

काठमाडौं । लामो समयको तयारी पश्चात् सुजुकीले १२५ सीसी सेग्मेन्टमा नयाँ स्पोर्टी स्कुटर नेपालमा विक्री सुरु गरेको छ । यसअघि पनि सुजुकीको पोर्टफोलीयोमा १२५ सीसी क्षमताको स्कुटर नभएको होइन ।

सुजुकी भिजीले यसअघि पनि नेपालमा १२५ सीसी क्षमताको एउटा म्याक्सी डिजाइनको स्कुटर र अर्को परम्परागत डिजाइनको स्कुटर विक्री गर्दै आएको थियो । कम्पनीले विक्री गर्ने म्याक्सी स्कुटर बर्गम्यानले सोचे जस्तो ब्यापार गर्न सकेको छैन भने एसेस ठिकठाक सावित भयो ।

युवा पुस्ताको स्कुटरमा क्रेज देखेर सुजुकीले १२५ सीसी सेग्मेन्टमा नयाँ स्पोर्टी डिजाइनमा सुजुकी एभेनिस १२५ बजारमा ल्यायो । कम्पनीले स्कुटर आधिकारीक रुपमा विक्री सुरु गर्नुअघि मिडियालाई स्कुटर टेष्ट ड्राइभ गर्न उपलब्ध गराएको थियो । त्यही हामीले पनि तीन यसको टेष्ट ड्राइभ गरेका थियौं ।

डिजाइन

अहिले यूवा वर्गले स्कुटर खरिद गर्दा पहिलो हेर्ने भनेको यसका डिजाइन नै हो । नेपालमा जति पनि १२५ सीसी सेग्मेन्टमा सफल स्कुटर छन् ती सबै उत्कृष्ट डिजाइनका छन् । सुजुकी एभेनिस १२५ को डिजाइनमा कम्पनीले कुनै कमी हुन दिएको छैन ।

स्पोर्टी डिजाइनमा तयार भएको एभेनिस झट्ट अगाडिबाट हेर्दा एनटर्कको प्रतिस्पर्धी हो भन्न सकिन्छ । यसको एप्रोनमा माउन्ट गरिएको हेडल्याम्प र ह्यान्डमा माउन्ट गरिएको टर्न इन्डिकेटर एनटर्कसँग मिल्छ ।

यसको फ्रन्टमा दिइएको एज (कट्स)ले यसको डिजाइनमा थप आकर्षण थपेको देखिन्छ । यसको रियरमा ट्वीन एलइडी ब्रेक लाइट र मोटरसाइकलमा हुने जस्तै डिजाइनको टर्न इन्डिकेटर दिएको छ ।

फिचर

कनेक्ट फिचरसहित आउने अनुमान गरिएको भएपनि एभेनिसको स्ट्याण्डर्ड भेरियन्ट मात्र नेपालमा ल्याएको कारण यसमा कनेन्ट फिचर उपलब्ध छैन । कनेक्ट फिचर नभएपनि यो स्कुटरमा नौला फिचर पाउन सकिन्छ ।

यो स्कुटरमा भएको एकदमै प्रयोगात्मक फिचर यूएबी चार्जिङ पोर्ट हो । यो स्कुटरको फ्रन्टको दायाँतर्फ ग्लोवबक्स दिइएको छ । देब्रेतर्फ यूएसबी चार्जसहितको वाटर प्रुफ बक्स छ । यसमा मोवाइल राखेर चार्ज गर्न सकिन्छ ।

त्यस्तै यसमा फ्यूल रिफिल गर्नका लागि सिटको बाहिरनै फ्यूल क्याप दिइएको छ यसले स्कुटको बुट खोल्नु पर्ने झन्झट हुँदैन । २१ लिटर क्षमताको डिसेन्ट बुट स्पेश भएको कारण सजिलै हाफ हेलमेट र अन्य सामान राख्न सकिन्छ ।

यसमा दुईवटा लगेज हुक दिइएको छ, जुन प्रयोग गर्न सहज छ । यसका साथै एभेनिसमा भएको एलइडी फुल डिजिटल कन्सोलमा सबै प्रकारका इन्र्फमेसन पाउन सकिन्छ ।

इन्जिन/पर्फमेन्स

सुजुकी स्कुटरको विशेषता मध्ये एक यसको पर्फमेन्स हो । यो स्कुटरको एक्सिलेरेसन एकदमै स्मुथ छ । यो स्कुटर चलाउँदा कुनै भाइव्रेसनको फिल हुन्न र यसको एक्जष्टको आवाज पनि स्मुथ रहेको छ । स्कुटरको पर्फमेन्स लो इन्ड र हाइइन्डमा उत्कृष्ट रहेको छ । मिड रेन्जमा भने यसको पर्फमेन्समा केही कमी महशुस हुन्छ ।

यो स्कुटरमा १२४ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । यसले ६७५० आरपीएमा अधिकतम ८.५ बीएच पावर तथा ५५०० आरपीएममा अधिकतम १० एनएम टर्क जेनेरेट गर्छ । त्यो अन्य प्रतिस्पर्धीको लगभग बराबर हो ।

कम्फर्ट

स्कुटरको सिटिङ पोजिशन र यसको ह्यान्डलबार पोजिशन एकदमै ब्यालेन्स छ । पिलियन राइडरका साथ यो स्कुटरलाई सहरी क्षेत्रमा धेरै ट्राफिक हुने स्थानमा चलाउँदा पनि यसको ह्यान्डलिङमा कुनै समस्या देखिदैन् ।

एभेनिसको कुल तौल १०६ किलोग्राम मात्र छ । यसले यो स्कुटरको ह्यान्डलीङमा सहजता बनाएको छ । यसमा फुट बोर्ड स्पेस पनि आरामदायी छ । यसको ब्रेकिङको कुरा गर्दा यसको ब्रेक एकदमै रेस्पोन्सिभ छ । कम्वाईन ब्रेकिङ फिचर उपलब्ध स्कुटरमा अगाडिको ब्रेक लगाउँदा आवस्यकताको हिसावले पछाडिको ब्रेक पनि अप्लाई हुन्छ । त्यही कारण ब्रेकिङ क्षमता र स्टेबलिटी क्षमतामा एभेनिस अब्बल छ ।

माइलेज

स्कुटरमा ५.२ लिटरको इन्धन ट्याङ्क दिइएको छ । कम्पनीको दावी अनुसार यो स्कुटर १ लिटर पेट्रोलको प्रयोगमा ५५ किलोमिटर यात्रा गर्न सकिन्छ । हामीले ३ दिन यसको परिक्षण गर्दा करिब दुई लिटर पेट्रोलले ९० किमिभन्दा बढी यात्रा गरेका थियौ । परिक्षणको क्रममा स्कुटरलाई केही ‘रफ’ तरिकाले चलाउँदा पनि ४५ किलोमिटर माथिको माइलेज उत्कृष्ट हो ।

मूल्य

मूल्यको कुरा गर्दा यो स्कुटरको वेस भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ केही धेरै नै जस्तो लाग्छ । यसको कनेन्ट भेरियन्ट ३ लाख मूल्यमा आउने हाम्रो अनुमान रहेको थियो । यद्यपि, सुजुकीले सधैँ दावी गर्ने यसको मेकिङ्ग गुणस्तर र यसको इन्जिन पर्फमेन्सले भने तपाईलाई निरास गर्ने छैन ।


Back_to_top